Premier Cables
Premier Steel

अपराध

टुनामुना आरोपमा रामधुनीमा गोली हानी सिटी चालक हत्या,सात जना पक्राउ

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर २२, २०८२  | अपराह्न १:२१ बजे
Hamro Biratnagar Headlines

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ कर्मनिया टोलका दिनेशकुमार चौधरी सिटी सफारी चलाउँथे । उनी गाउँका चलेका धामी पनि हुन् । धामीझाँक्री उनको पार्टटाइम जस्तै काम थियो ।

गत असोज २५ गते साँझ करिब साढे ५ बजे रामधुनी–२ स्थित शिवनगर–झुम्का जाने नहरको भित्री सडक खण्डमा सिटी सफारी चलाइरहेका बेला उनको गोली हानी हत्या भयो ।

करिब २ महिना लामो अनुसन्धानपछि चौधरीको हत्या योजनाबद्ध रुपमा भएको निष्कर्षमा प्रहरी पुगेको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । मुख्य योजनाकारसहित तीन जना अझै फरार छन् ।

प्रहरीका अनुसार सुनसरी रामधुनी नगरपालिका १ झुम्काका ४३ वर्षीय राजु भन्ने राजकिशोर साह, ४० वर्षीय नन्दकिशोर साह, सप्तरी राजविराज नगरपालिका– १६ का २८ वर्षीय अंकित साह र सोही पालिकाको वडा नम्बर ९ का २८ वर्षीय प्रिन्सकुमार दास, सुनसरी भोक्राहा नरसिंह गाउँपालिका– ५ का ३४ वर्षीय मोहमद इब्रान मिया, देवानगन्ज गाउँपालिका–४ का ३७ वर्षीय गियास मन्सुरी र देवानगन्ज गाउँपालिका–५ का २५ वर्षीय मिथलेश यादव पक्राउ परेका हुन् ।

राजकिशोर र नन्दकिशोर दाजुभाइ हुन् । उनीहरु हत्याको सुपारी दिने मध्येका भएको प्रहरीले जनाएको छ ।

तीन लाख सुपारी दिएर हत्या

अनुसन्धानका क्रममा हत्याको मुख्य कारण तन्त्रमन्त्र र टुनामुना नै देखिएको प्रहरीले बताएको छ । चौधरीले टुनामुना गरेर आफ्नो घरपरिवारको सदस्यलाई दु:ख दिएको भन्दै राजकिशोरसहितको समूहले हत्या योजना बनाएको देखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार चौधरीको हत्याका लागि सुटरलाई ३ लाख रुपैयाँ एडभान्स दिएको पाइएको छ । घटनापछि थप साढे ३ लाख दिने सहमति थियो । घटनामा अन्य व्यक्ति पनि जोडिएका कारण थप विवरण खुल्न बाँकी रहेको उनले बताए ।

‘मृतक चौधरी धामी रहेछन्, ५-
टुनामुना गरेको आरोपमा रामधुनीमा गोली हानी सिटी चालक हत्या भएको खुलासा६ वर्षअघि विवाद हुँदा देखाइदिन्छु भन्ने धम्की दिएका रहेछन्, संयोग मान्नुपर्छ त्यसपछि परिवारका सदस्य विरामी भइरहने भएछ,’ डिएसपी खड्काले भने, ‘टुनामुना र तन्त्रमन्त्रकै कारण आफ्नो परिवारका सदस्य विरामी भएको शंकामा सुपारी दिएर हत्या गरेको देखिन्छ ।’

उनका अनुसार यो घटनामा प्रयोग भएको हतियार बरामद भएको छैन । अन्य संलग्न व्यक्ती फरार छन् । फरार व्यक्तिहरुको खोजी गरिरहेको र पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यान मुद्दा अनुसन्धान अघि बढाएको डिएसपी खड्काले बताए ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka