Premier Cables
Premier Steel

विराटनगर

विराटनगरका किसानलाई महानगरद्वारा अनुदानमा गहुँ-मकैको बिउ वितरण

Calendar मंगलबार, मंसिर १६, २०८२  | साँझ ७:४४ बजे

विराटनगर । विराटनगर महानगरपालिकाले ५० प्रतिशत अनुदानमा गहुँ र मकैको बिउ वितरण सुरु गरेको छ ।

महानगर परिसरमा आयोजित कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की र आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौलाले अनुदानको बिउ वितरण सुरु गरेका हुन् ।

बिज्ञापन

कृषिप्रति आकर्षण जगाउन अनुदानमा बिउ वितरण गरिएको महानगरले जनाएको छ । १० हजार ६ सय ३८ केजी गहुँ र ७ सय १४ केजी मकैको बिउ वितरण गरिएको कृषि तथा पशुपन्छी शाखाका संयोजक हीरालाल यादवले जानकारी गराए । ३६ समूह र १० जना कृषकलाई बिउ वितरण गरिनेछ ।

महानगर क्षेत्रभित्र ९ सय हेक्टरमा गहुँ र ३ सय हेक्टरमा मकै खेती हुने गरेको यादवले जानकारी दिए । वडाको सिफारिसका आधारमा १० जना कृषकलाई पनि बिउ वितरण गरिनेछ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka