Premier Cables
Premier Steel

विराटनगर

युवा संघको प्रस्टीकरणः रंगेली र सुनवर्षीका कार्यालय आगजनीमा नेता-कार्यकर्ता संलग्न छैनन्

Calendar मंगलबार, मंसिर १६, २०८२  | साँझ ७:२९ बजे

विराटनगर । मोरङको रंगेली र सुनवर्षी नगरपालिकामा तोडफोड तथा आगजनीमा राष्ट्रिय युवा संघ नेपालका कोही पनि नेता-कार्यकर्ताको संलग्नता नरहेको संगठनले प्रस्ट गरेको छ ।

यस सम्बन्धी समाचार हाम्रो विराटनगर डटकमले प्रकाशन गरेको थियो ।

बिज्ञापन

जेनजी आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालयमा आगजनीमा संलग्न रही प्रहरीद्वारा पक्राउ गरिएका संघको रंगेलीका ईन्चार्ज भनिएका व्यक्ति राष्ट्रिय युवा संघ नेपालको नरहेको संघले जनाएको छ । मंगलबार संघका मोरङ जिल्ला अध्यक्ष प्रविण घिमिरेले विज्ञप्ति प्रकासित गरी ‘बद्नाम गर्ने मनसायले मिथ्या तथा भ्रामक समाचार प्रचार प्रसार गरिएको’ भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

“राष्ट्रिय युवा संघ नेपालले लोकतन्त्र, राष्ट्रियता र जनताको जनजीविकाका सवालमा सदैव राजनीतिक, सामाजिक र कानुनी मूल्यमान्यताको अडिगतामा रहेर क्रियाशील हुँदै आएको छ।
उक्त घटनामा संलग्न भएको व्यक्ति राष्ट्रिय युवा संघ नेपालको कुनै पनि तहको जिम्मेवारीमा नरहेको कुरा स्पष्ट पार्न चाहन्छौं। यस प्रकारको गलत सूचना र प्रचार प्रसारले संगठनको छवि वरिपरी बदनाम गर्न खोजिएको पुष्टि भएको छ । रंगेलीमा राष्ट्रिय युवा संघ नेपाल मोरङ रंगेलीका ईन्चार्ज केशव नेपाल, सह ईन्चार्ज सरोज खड्का र अध्यक्ष सन्तोष भट्टराई रहेको” संघले जनाएको छ ।

“राष्ट्रिय युवा संघ नेपाल यस विषयमा विभिन्न संचार माध्यम र आम जनतालाई भ्रममा नपर्न अनुरोध गर्दछ । साथै, संगठनको कुनै पनि नेता वा कार्यकर्ताले सार्वजनिक वा निजी सम्पत्तिमा क्षति पुऱ्याउने वा गैरकानुनी गतिविधि गर्ने खण्डमा, संगठनले आन्तरिक अनुशासनात्मक र कानुनी कारवाही गर्ने कुरा स्पष्ट गर्दछ” विज्ञप्तिमा भनिएको छ ।

लोकतान्त्रिक मूल्य मान्यता, राष्ट्रिय एकता र जनताको हित सांगठनिक गतिविधिको आधारस्तम्भहुन्, र त्यसको विरुद्धमा हुने कुनै पनि गतिविधिलाई संघले कहिल्यै समर्थन नगर्ने विज्ञप्तिमा उल्लेख छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka