Premier Cables
Premier Steel

राष्ट्रिय

युवा संघको मोटरसाइकल र्‍यालीमा रोक, सभा जुलुस पनि गर्न नदिइने !

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज २४, २०८२  | अपराह्न २:३४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

नेकपा एमाले सम्बद्ध युवा संघ नेपालले काठमाडौंमा आयोजना गर्न लागेको मोटरसाइकल र्‍याली गर्न नदिइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसबारेको निर्णय सार्वजनिक गरेको छ ।

युवा संघले असोज २५ गते तीनकुनेबाट मोटरसाइकल र्‍याली निकाल्ने तयारी गरेको थियो । नेता महेश बस्नेतले भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा पनि यसबारे जानकारी गराएका थिए । तर, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले हालको परिस्थितिमा कुनै पनि समूह वा संगठनलाई र्‍याली, जुलुस वा सभा गर्न अनुमति नदिइएको स्पष्ट पारेका छन्।

बिज्ञापन

प्रशासनले यसबारे जानकारी दिन शुक्रबार सार्वजनिक सूचना जारी गरेको छ । यस कार्यालयबाट यस्ता कुनै पनि र्‍याली, प्रदर्शन वा सभा गर्न स्वीकृति नदिने निर्णय गरिएको छ सूचनामा भनिएको छ, यससँगै युवा संघको र्‍याली कार्यक्रम अनिश्चित बनेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa