नोट: यो समाचार १ महिना अघिको हो
नेकपा एमाले सम्बद्ध युवा संघ नेपालले काठमाडौंमा आयोजना गर्न लागेको मोटरसाइकल र्याली गर्न नदिइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसबारेको निर्णय सार्वजनिक गरेको छ ।
युवा संघले असोज २५ गते तीनकुनेबाट मोटरसाइकल र्याली निकाल्ने तयारी गरेको थियो । नेता महेश बस्नेतले भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा पनि यसबारे जानकारी गराएका थिए । तर, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले हालको परिस्थितिमा कुनै पनि समूह वा संगठनलाई र्याली, जुलुस वा सभा गर्न अनुमति नदिइएको स्पष्ट पारेका छन्।
प्रशासनले यसबारे जानकारी दिन शुक्रबार सार्वजनिक सूचना जारी गरेको छ । यस कार्यालयबाट यस्ता कुनै पनि र्याली, प्रदर्शन वा सभा गर्न स्वीकृति नदिने निर्णय गरिएको छ सूचनामा भनिएको छ, यससँगै युवा संघको र्याली कार्यक्रम अनिश्चित बनेको छ।

