Premier Cables
Premier Steel

अर्थ कोशी प्रदेश

कोसी प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बजेट स्वीकृत

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ३२, २०८२  | साँझ ४:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, कलवलगुढी झापाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि कुल १० करोड ४७ लाख ५० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ।

प्रतिष्ठानको चौथो परिषद् बैठक कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेर उक्त बजेट पारित गरिएको हो।

बिज्ञापन

बैठकले प्रदेश सरकारबाट एकमुष्ट रूपमा प्राप्त २ करोड ७० लाख रुपैयाँ र प्रतिष्ठानको आन्तरिक आम्दानी १६ लाख रुपैयाँ जोडेर २ करोड ८६ लाख रुपैयाँको कार्यक्रम तय गरेको छ। साथै, प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत ७ करोड ६१ लाख ५० हजार रुपैयाँ बराबरको कार्यक्रम पनि स्वीकृत गरिएको छ।

प्रतिष्ठानका अनुसार प्रस्तावित बजेट प्रदेश सभाबाट पारित भइसकेको छ।

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रतिष्ठानले कर्मचारीहरूलाई ‘स्मार्ट’ बनाउने उद्देश्यसहित तालिम सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे । उनले प्रतिष्ठानलाई विश्वसनीय र पहिचानयुक्त संस्था बनाउँदै लैजान निर्देशन दिनुभयो। आम नागरिकले चिन्ने र प्रविधिसँग समायोजन हुने ढंगमा अगाडि बढ्नुपर्नेमा समेत जोड दिए ।
बैठकमा प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश लोकसेवा आयोगका अध्यक्ष, योजना आयोगका उपाध्यक्ष, तथा विभिन्न पालिकाका प्रमुख र उप–प्रमुखहरूको पनि सहभागी थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka