Premier Cables
Premier Steel

खेलकुद

एनपिएलमा आज लुम्बिनी-सुदूरपश्चिम र जनकपुर-पोखरा भिड्दै

Calendar बिहिबार, मंसिर ११, २०८२  | बिहान १०:३६ बजे

विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लुम्बिनी–सुदूरपश्चिम र जनकपुर–पोखराबिच खेल हुँदैछ ।

त्रिवि मैदान कीर्तिपुरमा बिहान पौने १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सको सामना गर्दै छ भने अपरान्ह ४ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।

बिज्ञापन

शीर्ष स्थानमा रहेको सुदूरपश्चिम अपराजित छ। उसले तीनै खेलमा जित निकालेको छ। ‍तीन खेल खेलेको लुम्बिनीले एक खेल मात्रै जितेको छ। त्यसैले उसलाई आजको खेल जित्नै पर्ने दबाब पनि छ ।

पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको लुम्बिनी दोस्रो खेलमा कर्णाली याक्ससँग ९ विकेटले र तेस्रो खेलमा काठमान्डु गोर्खाजसँग २२ रनले पराजित भएको थियो।

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीचको खेल पनि रोचक हुने छ । पोखराले पनि आज तेस्रो खेल खेल्दै छ। दुई खेलमा जितविहीन रहेको पोखरा र अंक तालिकामा उपस्थिति जनाउन नसकेको जनकपुर दुवैले जितका लागि प्रयास गर्नेछन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka