Premier Cables

विराटनगर

रानी अस्पतालबाट निःशुल्क प्रसूति सेवा

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर ०९, २०८२  | साँझ ६:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर–१५ स्थित रानी अस्पतालबाट २४ घण्टे निःशुल्क बर्थिङ सेन्टर (प्रसूति सेवा) सुरु गरेको छ ।

मातृ तथा शिशुको मृत्युदर घटाउने उद्देश्यले विराटनगर दक्षिणी क्षेत्रमा निःशुल्क प्रसूति सेवा सुरु गरिएको महानगरले जनाएको छ ।

विज्ञापन

मंगलबार आयोजित कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलको उपस्थितिमा मेयर कोइरालाले प्रसूति सेवाको उद्घाटन गरे । महानगरले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले प्रसूति सेवा सञ्चालनमा आएसँगै दक्षिणी क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा लिन सहज भएको बताए । उनले आफूले चुनावमा गरेको बाचाअनुरुप प्रसूति सेवा सञ्चालनमा ल्याएको स्पष्ट पारे ।

सो क्षेत्रमा विपन्न र पिछडिएका समुदायको बसोबास भएकाले निःशुल्क रुपमा सञ्चालनमा ल्याइएको प्रसूति सेवाबाट लाभ लिन सक्ने उनको भनाइ थियो । ‘यस क्षेत्रका बासिन्दालाई विराटनगरका ठूला अस्पताल गएर सेवा लिन निकै समस्या थियो,’ कोइरालाले भने, ‘आर्थिक हिसाब र दूरीका हिसाबले पनि यस क्षेत्रका स्थानीयलाई अब भने निकै सहज हुनेछ ।’

त्यस्तै उपमेयर शिल्पा निराला कार्कीले आगामी दिनमा रानी अस्पतालबाट अन्य सेवालाई विस्तार गरिने बताइन् । उनले प्रसूति सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिइन् ।
वडा नम्बर १५ का अध्यक्ष प्रकाश साहले महानगर नेतृत्वले दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेकोमा धन्यवाद दिए ।

उनले अस्पतालका अन्य सेवालाई विस्तार गर्न पनि आग्रह गरे ।

प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा. सुरेश मेहताले माथिल्लो निकायसँग सेवा सम्झौता गरेर अस्पतालको सेवालाई थप विश्वसनीय र प्रभावकारी बनाउन सुझाव दिए ।

महानगरका स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादवले अस्पतालमा तालिम प्राप्त जनशक्तिको व्यवस्था मिलाई सेवा प्रभावकारी बनाइएको बताए । उनले १९ वटै वडामा एम्बुलेन्स सेवा, गर्भवती महिलाहरूका लागि निःशुल्क भिडियो एक्सरेको सुविधा उपलब्ध गराइएको जानकारी दिए ।

सो अवसरमा जनस्वास्थ्य अधिकृत रमेश कार्की, रानी अस्पतालका प्रमुख मानिकचन भगत, स्थानीय समाजसेवी दिनानाथ आचार्यलगायतले अस्पताललाई अप्ठ्यारो अवस्थाबाट आजका दिनसम्म ल्याइपु¥याउन सबैको साथ र सहयोग गरेको बताए ।

रानी अस्पतालमा हाल फिजियो थेरापी, ओपीडी सेवा, स्वास्थ्य बिमा, परिवार नियोजन सेवा, खोप सेवा, मातृशिशु सेवा, मनोपरामर्शलगायतका सेवाहरू उपलब्ध हुँदै आएको छ । मोरङका १७ पालिकामध्ये विराटनगर महानगर स्वास्थ्य सेवा कार्यक्रम मूल्यांकनमा तेस्रो स्थान प्राप्त गरेको थियो ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka