Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

इथियोपियामा ज्वालामुखी विस्फोट हुँदा भारतीय उडान रद्ध

नोट: यो समाचार २ महिना अघिको हो

Calendar मंगलबार, मंसिर ०९, २०८२  | अपराह्न १२:३६ बजे

काठमाडौं । इथियोपियाको अफार क्षेत्रमा आइतबार बिहान विस्फोट भएको ज्वालामुखीको असरले भारतमा ठूलो संख्यामा उडान प्रभावित भएको छ।

इथियोपियाको हायली गुब्बी ज्वालामुखी विस्फोटपछि त्यसको धुवाँको बादलले भारतका हवाई उडानहरू प्रभावित भएका हुन्।

१२ हजार वर्षमा पहिलो पटक उक्त ज्वालामुखी विस्फोट भएपछि त्यसबाट निस्केको धुवाँको बादल पश्चिमबाट भारतीय उपमहाद्वीपमा प्रवेश गर्दै सोमबार राति दिल्ली आइपुगेको थियो। त्यसपछि अन्य भागतिर फैलिँदै गइरहेको छ।

एयर इन्डिया र अकासा एयरले बादलका कारण केही उडान रद्द भएको घोषणा गरेका छन्।

एयर इन्डियाका सोमबार ७ अन्तर्राष्ट्रिय उडान रद्द भए। न्यूयोर्कबाट दिल्ली, दुबईबाट हैदराबाद, दोहाबाट मुम्बई उडान रद्द भएका थिए।

त्यस्तै, मंगलबार कम्तिमा ४ उडान रद्द गरिएका छन्। चेन्नईबाट मुम्बई, हैदराबादबाट दिल्ली, हैदराबादबाट मुम्बई, मुम्बई–कोलकाता–मुम्बई उडान रद्द भएको एयर इन्डियाले जनाएको छ।

अकासा एयरले मध्यपूर्वका जेद्दा, कुवेत, अबुधाबीतर्फको उडान रद्द गरिएको जनाएको छ। अन्य एयरलाइन्सहरूले पनि आफ्ना उडान रद्द गरेका छन्।

एयरलाइन्सहरूले ज्वालामुखीबाट उठेको बादल हुँदै उडका जहाजहरूको सुरक्षा जाँच पनि गरिरहेको छ।

भारतीय मौसम विभागले मंगलबार बिहान दिएको जानकारी अनुसार उक्त बादल भारत हुँदै चीनतिर बढिरहेको छ र साँझ ७स्३० सम्म भारतबाट बाहिरिने छ। यसबाट गुजरात, दिल्ली, राजस्थान, पंजाब, हरियाणा लगायत क्षेत्र प्रभावित छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसीका अनुसार इथियोपियाको उत्तर–पूर्वी भागमा रहेको यो ज्वालामुखीबाट उठेको धुवाँ १४ किलोमिटर उचाइसम्म पुगेको छ। यो धुवाँ यमन, ओमान हुँदै भारतसम्म आइपुगेको हो। यसको गति १००–१२० किमी प्रतिघन्टा छ।

बादलको उचाइ १५ हजारदेखि ४५ हजारफिट बीचमा रहेको बिबिसीले जनाएको छ। यसमा मुख्य रूपले खरानी, सल्फर डाइ–अक्साइड तथा साना सिसा र ढुंगाका कण मिसिएका छन्। यसले आकाश सामान्यभन्दा गाढा र धुम्म देखिन सक्छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka