Premier Cables
Premier Steel

राष्ट्रिय

प्रचण्डसँगको साथ तोडेर प्रगतिशील लोकतान्त्रिक पार्टीको औपचारिक घोषणा

नोट: यो समाचार २ महिना अघिको हो

Calendar आइतबार, मंसिर ०७, २०८२  | अपराह्न २:५३ बजे

काठमाडौं । माओवादी आन्दोलनमा सँगसँगै रहेका नेताहरुसमेत जोडिएका तर पछिल्लो समय पुष्पकमल दाहाल (प्रचण्ड)सँगको नता तोडेका समेत सहभागी भई प्रगतिशील लोकतान्त्रिक पार्टी औपचारिक रूपमा घोषणा गरिएको छ। प्रचण्डले माधव नेपालसहितका नेतालाई समेटेर यसअघि नै नेपाली कम्युनिष्ट पार्टी घोषणा गरेका थिए ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएका सन्तोष परियारबीचको एकतापछि नयाँ पार्टी गठन गरिएको हो।

कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. भट्टराईले औपचारिक रूपमा पार्टीको नाम घोषणा गरे। उनी अब पार्टीमा अभिभावकीय भूमिकामा रहने जनाइएको छ।

पार्टीमा १५१ जना केन्द्रिय सदस्य रहनेछन्। नेतृ दुर्गा सोबको नाममा पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ।

प्रगतिशील समाजवाद मार्गदर्शक सिद्धान्तका साथ अगाडि बढ्ने पार्टीको चुनाव चिन्ह “आँखा” तोकिएको छ। पार्टीको नेतृत्व समावेशी र सामूहिक भावनाका साथ अघि बढ्ने नेता सन्तोष परियारले बताए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka