Premier Cables
Premier Steel

खेलकुद

एनपिएलको आजको सबै टिकट सोल्ड आउट

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर ०१, २०८२  | बिहान ११:०५ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो दिनका सबै टिकट बिक्री भइसकेको काठमाडौं प्रहरीले जनाएको छ।

एनपीएलको दोस्रो संस्करण आज (मंसिर १)देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। पहिलो दिनका सबै टिकट सकिएको भन्दै प्रहरीले टिकट नभएकालाई मैदान आसपास भीडभाड नगर्न आग्रह गरेको छ।

“आज मिति २०८२ मंसिर १ गते कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने नेपाल प्रिमियर लिग (एनपीएल) प्रतियोगिताका सबै टिकट बिक्री भइसकेको जानकारी प्राप्त भएकोले टिकट नभएका महानुभावहरूले सो क्षेत्र वरिपरि भीड नगरी सुरक्षा व्यवस्थापनमा सहयोग पुर्‍याउनुपर्नेछ,” जिल्ला प्रहरी परिसर काठमाडौंद्वारा जारी सूचनामा उल्लेख छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka