Premier Cables
Premier Steel

खेलकुद

काठमाण्डू एनपिएलको प्लेअफमा

Calendar बिहिबार, मंसिर १८, २०८२  | साँझ ५:३१ बजे

काठमाडौं । साहब आलमको उत्कृष्ट बलिङप्रेरित काठमाण्डू गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ ।

बिहीबार टीयू क्रिकेट मैदानमा भएको खेलमा साहबको ह्याट्रिकमा काठमाण्डूले पोखरा एभेन्जर्सविरुद्ध १३ रनको जित निकाल्यो ।

बिज्ञापन

यससँगै काठमाण्डूले प्लेअफ यात्रा तय गरेको हो ।

काठमाण्डूअघि सुदूरपश्चिम रोयल्सले प्रतियोगिताको प्लेअफमा स्थान बनाएको थियो ।

काठमाण्डूले प्रस्तुत गरेको १६६ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले निर्धारित २० ओभर ब्याटिङ गरे पनि सबै विकेट गुमाएर विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो ।

पोखराका ऋषि धवनले सर्वाधिक ५४ रन बनाए । उनले ३१ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । धनञ्जय लक्षणले २७ बलमा एक चौका र एक छक्कासहित ३० रन थपे ।

यी दुईले ५५–४ को नाजुक स्थितिबाट पाँचौँ विकेटका निम्ति ७६ रनको साझेदारी गर्दै पोखराको मध्यक्रम सम्हालेका थिए । तर, न्युन क्रमका ब्याटरले खेल ‘फिनिस’ गर्न नसक्दा पोखराले महत्त्वपूर्ण दुई अंक गुमायो ।

कप्तान कुशल भुर्तेलले २० बलमा दुई छक्कासहित २२ रन जोडे । जासन रोयले १६ रन बनाए । त्रितराज दासले ९ रन थप्दा किरण ठगुन्ना र एडम रोसिंटनले समान पाँच रन बनाए । पोखराका आकाश चन्द र विपिन खत्री ‘गोल्डेन डक’ बने ।

साहबको कीर्तिमान

पोखराविरुद्ध काठमाण्डूका साहब आलमले कीर्तिमानी बलिङ गर्दै ६ विकेट लिए । चार ओभर बलिङ गरेका साहबले २५ रन मात्र खर्चिए । साहब एनपीएल इतिहासमै ह्याट्रिक लिने पहिलो बलर बनेका छन् । उनले पोखराविरुद्ध अन्तिम ओभरमा लगातार तीन विकेट लिएका हुन् । उनले ओभरको पहिलो बलमा ऋषी धवनलाई, दोस्रो बलमा विपिन खत्री र तेस्रो बलमा आकाश चन्दलाई पभेलियनको दिशा देखाएका थिए । सोही ओभरको अन्तिम बलमा सागर ढकाललाई पनि आउट गरेपछि साहबले एकै ओभरमा चार विकेट लिएका थिए ।

साहबबाहेक, कप्तान करण केसी र सन्नी पटेलको नाममा समान दुई विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको काठमाण्डूले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६५ रनको योगफल खडा गरेको थियो ।

काठमाण्डूका ओपनर बेनले सर्वाधिक ६४ रन बनाए । उनले ५५ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । ७९–५ को स्थितिबाट बेनले भीम सार्कीसँग छैटौँ विकेटका निम्ति ७६ रनको साझेदारी गर्दै काठमाण्डूको इनिङ सम्हालेका थिए ।

विस्फोटक ब्याटिङ गरेका भीमले २३ बलमा पाँच चौका र चार छक्कासहित ५५ रन थपे । १९ बलमा अर्धशतक पूरा गरेका भीम दोस्रो संस्करणमा सबैभन्दा छिटो ५० रन बनाउने ब्याटरसमेत बने । उनीअघि सुदूरपश्चिमका हर्मित सिंहले २० बलमा अर्धशतक बनाउँदै यो कीर्तिमान बनाएका थिए ।

मिलिन्द कुमारले १३ रन थपे । काठमाण्डूका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । ओपनर आकाश त्रिपाठी गोल्डेन डक भए ।

पोखराका धनञ्जय लक्षण चार विकेट लिए । चार ओभर बलिङ गरेका लक्षणले एक मेडनसहित १६ रनमात्र खर्चिए । कप्तान कुशल भुर्तेलले दुई विकेट लिए । चार ओभरको स्पेलमा कप्तान भुतेलले २५ रन खर्चिए । किरण ठगुन्ना र विपिन खत्रीले समान एक विकेट लिए ।

जितसँगै काठमाण्डूले सात खेलमा १० अंकसहित प्लेअफ यात्रा तय गरेको छ । काठमाण्डूले यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै प्रतियोगिता सुरुवात गरेको थियो । दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रन र तेस्रो खेलमा विराटनगर किंग्ससँग ५ विकेटले हार व्यहोरेको थियो ।

चौथो खेलमा लुम्बिनी लायन्सलाई २२ रनले, पाँचौँ खेलमा चितवन राइनोजलाई ५३ रनले र छैटौं खेलमा कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेको थियो ।

यो हारसँगै पोखराको सम्भावना भने कमजोर बनेको छ । पोखराले यसअघि पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनको हार व्यहोरेको थियो ।

दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग १८ रनले पराजित भएको पोखराले तेस्रो खेलमा जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गरेको थियो । चौथो खेलमा पोखरा लुम्बिनी लायन्ससँग ३ विकेटको हार बेहोरेको हो । पाँचौं खेलमा पोखराले कर्णाली याक्सलाई ३४ रनले पराजित गरेको हो ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka