Premier Cables
Premier Steel

समाचार

भूमिहीन र दलितका लागि लालपुर्जा दिन रञ्जिता श्रेष्ठको माग

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar मंगलबार, बैशाख ३०, २०८२  | अपराह्न ३:३८ बजे

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य रञ्जिता श्रेष्ठले भूमिहीन तथा दलित समुदायका नागरिकलाई भूमि वितरण गर्न सरकारसँग माग गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले कैलालीको टिकापुर क्षेत्रका सयौं भूमिहीन र दलित परिवारहरू अझै पनि लालपुर्जाविहीन जीवन बिताइरहेको उल्लेख गर्दै तिनका लागि सरकार गम्भीर बन्नुपर्ने बताइन् ।

बिज्ञापन

‘यी नागरिकहरूको पुस्तौँदेखि बसोबास रहेको ठाउँमा अझै कानुनी स्वामित्व छैन’, सांसद श्रेष्ठले भनिन्, ‘सरकारले उनीहरूलाई लालपुर्जा उपलब्ध गराएर सम्मानजनक जीवनको अधिकार सुनिश्चित गर्नुपर्छ।’

श्रेष्ठले भूमिहीन र दलित समुदायका अधिकार सुनिश्चित गर्न आफू सदैव आवाज उठाउने प्रतिबद्धता पनि व्यक्त गरिन् । उनले सरकारलाई दलित र सीमान्तकृत समुदायप्रति संवेदनशील बन्न आग्रह गरिन् ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka