Premier Cables
Premier Steel

राष्ट्रिय

प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्री कार्कीको बैठक शुरु

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक १६, २०८२  | साँझ ५:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रधानमन्त्री सशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीहरूबीचको बैठक सुरु भएको छ। प्रधानमन्त्री कार्कीले आज प्रदेश सरकारका प्रमुखहरूसँग परामर्श र छलफलका लागि बैठक आह्वान गरेकी थिइन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेर अघि बैठक औपचारिक रूपमा सुरु भएको हो।

बिज्ञापन

सचिवालयले जनाएको छ कि संघीय र प्रादेशिक सरकारबीचको संवादलाई थप सुदृढ र प्रभावकारी बनाउन तथा सहकार्यलाई सघन बनाउने उद्देश्यले यो बैठक बोलाइएको हो।

बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सहभागी छन्।

कोशी प्रदेशका मुख्यमन्त्री कार्की प्रदेश मन्त्रिपरिषद्को बैठक सकेर आइतबार काठमाडौ प्रस्थान गरेका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka