Premier Cables

विराटनगर

दिल्ली पब्लिक स्कुल विराटनगरमा स्वीमिङ कम्प्लेक्स् उद्घााटन

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक १५, २०८२  | अपराह्न २:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । दिल्ली पब्लिक स्कुल विराटनगरले आफ्नो विद्यालय हाताभित्र भर्खरै निर्माण सम्पन्न गरेको स्वीमिङ कम्प्लेक्स्को आज एक कार्यक्रमको साथमा उद्घाटन गरिएको छ ।

सिमसिमे झरीमाझ आयोजना भएको उक्त कार्यक्रममा विद्यालयका अध्यक्ष प्रकाश मुन्दडालगायत बोर्ड अफ डाइरेक्टरहरू तुलसीराम अग्रवाल र अरुणकुमार राठीले डिपीएस स्वीमिङ कम्प्लेक्स्को संयुक्त रूपमा उद्घाटन गरेका थिए । कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।

विज्ञापन

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका अध्यक्ष प्रकाश मुन्दडाले डिपीएस विराटनगरमा अध्ययन गर्ने विद्यार्थीहरूका साथै पौडी खेलमा रुचि राख्ने यस क्षेत्रका सबैका लागि आवश्यक प्रशिक्षण तथा शारीरिक व्यायामको उद्देश्यलाई पूर्ति गर्न यस यस स्वीमिङ कम्प्लेक्स्को निर्माण गरिएको बताए ।

साथै यस स्वीमिङ कम्प्लेक्स्ले साष्ट्रिय स्तरको पौडी खेलाडीहरू उत्पादन गर्ने लक्ष्य लिएको समेत बताए । त्यसैगरी कार्यक्रममा बोल्दै विद्यालयका अभिभावक सृजना रिजालले विद्यालयले स्वीमिङ कम्प्लेक्स्को निर्माण गरेर विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा विद्यालय थप प्रतिबद्ध रहेको आफूले महसुस गरेको बताए ।

उक्त कार्यक्रममा विद्यालयका पौडी प्रशिक्षक श्री हिमाद्री दासले पौडी खेलका विधाहरू – वटरफ्लाई, व्याकस्ट्रोक, ब्रेष्टस्ट्रोक र फ्रिस्टाइलको प्रदर्शनी गरे । त्यस्तै कक्षा २ का छात्रहरू आयन्स गिरी र ग्लोरी यादव तथा कक्षा ४ की छात्रा शासा रिजालले उक्त अवसरमा पौडी कला प्रस्तुत गरेका थिए ।

डिपीएस स्वीमिङ कम्प्लेक्स्भित्र २ वटा स्वीमिङ पुलहरू साथै छात्र र छात्राको लागि छुट्टा छुट्टै चेन्जिङ तथा सावर कम्पार्टमेन्टहरू रहेका छन् । एडल्ट पुल मिनी ओलम्पिक साइज (२५ मिटर लम्बाइ र १५ मिटर चौडाइ) को रहेको छ भने चाइल्ड पुल १०/५ मिटरको रहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka