Premier Cables
Premier Steel

विराटनगर

खबर पूर्वाञ्चल अनलाइनको १० औँ वार्षिकोत्सवः पत्रकारिता निष्पक्ष र शसक्त हुनुपर्ने जोड

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख २९, २०८२  | राती ९:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । खबर पूर्वाञ्चल मिडीया प्रालिद्वारा सञ्चालित खबर पूर्वाञ्चल डटकम अनलाइनको १० औँ वार्षिकोत्सव भव्यरुपमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले मुलुकमा मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै शसक्त हुनुपर्नेमा जोड दिएका छन् ।

वार्षिकोत्सव कार्यक्रममा बाल्दै प्रमुख अतिथी कोशी प्रदेशका सांसद जयप्रकाश चौधरीले पत्रकारिताको परिवर्तित परिवेशमा अनलाइन पत्रकारिता एकमात्र विकल्प बनेको बताए । उनले पत्रकारहरूले देश र प्रदेशका आवश्यकता अनुकूलका मुद्दामा निरन्तर बहस र पैरवी गरिरहनुपर्ने आवश्यकता रहेको औल्याए ।

बिज्ञापन

कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरीले मिडिया क्षेत्रले दलिय प्रभावबाट माथि उठेर सहीलाई सही र गलतलाई गलत भन्नुपर्ने बताए । उनले प्रादेशिक संरचनाको भार सम्बन्धमा पनि प्रश्न उठाए । ‘अहिलेको प्रादेशिक संरचनाको भार मुलुकले कहिलेसम्म धान्न सक्छ ? संघीय सरकारमा जति संरचना छ त्यति नै प्रदेशमा पनि बनाउनु के आवश्यक छ,’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासँघका केन्द्रीय सदस्य नवीन रिजालले मुलुकमा सबै क्षेत्रको अवस्था जर्जर रहेको टिप्पणी गरे । ‘निजी क्षेत्र, मिडिया, रोजगारी, औद्योगिक लगायतका क्षेत्रको अवस्था जर्जर हुनुको कारण पहिचान गरेर मिडिया क्षेत्रले निरन्तर वकालत गर्नु अहिलेको आवश्यकता हो,’ उनले भने ।

रिजालले आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भने, ‘सरकारले बर्सेनि आन्तरिक र बाह्य ऋण लिएर यसरी कति दिनसम्म देश चल्छ भनेर प्रश्न उठाउनु पनि आवश्यक छ । १८ खर्बको बजेट बनाउने तर आय ११ खर्बभन्दा बढी नहुने अवस्था गम्भीर छ।’

विराटनगरबाट प्रकाशित हुने खबर पूर्वाञ्चल डटकमले स्थानीय मुद्दालाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गर्दै आएको अध्यक्ष पुष्पराज थपलियाले बताए ।

समारोहमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकाल, प्रेस यूनियन केन्द्रीय उपमहासचिव अभय राई, प्रेस यूनियन कोशी प्रदेशका अध्यक्ष मिनकुमार नवोदित, प्रेस चौतारी कोशी प्रदेशका अध्यक्ष सुमन पुरी, समाजवादी प्रेस संगठन कोशी प्रदेशका अध्यक्ष बन्धु पोखरेल, र नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष सन्तोष सिग्देललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सबै वक्ताहरूले मिडियाले मुलुकको सबै क्षेत्रमा सुधारका लागि निरन्तर आवाज उठाइरहनुपर्ने अपरिहार्यता रहेको बताए। साथै पत्रकारिताको क्षेत्रमा ठूलो योगदान र्पुयाएकोमा खबर पूर्वाञ्चल अनलाइनलाई बधाई तथा शुभकामना दिए ।

खबरपूर्वाञ्चलका अध्यक्ष पुष्पराज थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार तेजेन्द्र भण्डारीले स्वागत मन्तब्य राखेका थिए भने अनलाईनका सम्पादक डा.डिल्ली पोखरेलले धन्यवाद ज्ञापन गरे ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka