Premier Cables
Premier Steel

समाचार

विराट टिचिङ अस्पतालमा नर्सहरूको आन्दोलन, नयाँ बिरामी भर्ना स्थगित

Calendar शनिबार, कार्तिक ०१, २०८२  | अपराह्न १२:५३ बजे

विराटनगर । तलबवृद्धिको मागसहित विराट टिचिङ अस्पतालका नर्सिङ कर्मचारीहरू आन्दोलित भएका छन्। नर्सहरूले काम छाडेपछि अस्पतालले नयाँ बिरामी भर्ना प्रक्रिया अस्थायी रूपमा बन्द गरेको छ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डेनिस कार्कीका अनुसार हाल अस्पतालमा करिब ४५० बिरामी उपचाररत छन्। नर्सहरूको अभावका कारण उनीहरूको उपचारमा समस्या उत्पन्न भएको र वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था आएको उनले बताए।

बिज्ञापन

“नियमित नर्सहरूले सेवा नदिएपछि हाल मेडिकल कलेजका विद्यार्थी नर्सहरूबाट काम सञ्चालन गरिरहेका छौं,” कार्कीले भने।

अस्पतालले जटिल प्रकृतिका बिरामी तथा बालरोग विभागका सेवाहरू अन्य अस्पतालमा रेफर गर्ने तयारी गरिरहेको जानकारी कार्कीले दिए। यसबारेमा जिल्ला प्रशासन कार्यालय, मोरङलाई समेत जानकारी गराइसकिएको उनले उल्लेख गरे।

उनका अनुसार नर्सहरूले राखेका मागहरू अस्पताल प्रशासनको अधिकार क्षेत्रबाहिर परेकाले नीतिगत तहमा सरकारले हस्तक्षेप गरी समाधान गर्नु पर्ने आवश्यकता रहेको छ।

अस्पतालका अनुसार आपत्कालीन कक्ष (इमर्जेन्सी) मा समेत नयाँ बिरामी भर्ना हालका लागि रोकिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka