Premier Cables
Premier Steel

समाचार

जोगबनीमा सरसामान किनमेल गर्न मोरङ वन कार्यालयको गाडी दुरुपयोग, कर्मचारी परे लफडामा

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक ०१, २०८२  | अपराह्न १२:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगरस्थित वन कार्यालयका कर्मचारीहरूले कार्यालयको सरकारी गाडी निजी प्रयोजनमा प्रयोग गर्दै आएको तथ्य सार्वजनिक भएको छ।

शुक्रबार साँझ कार्यालय समय सकिएपछि करिब ५ बजेदेखि ८:३० बजेसम्म कार्यालयको एउटा सरकारी गाडी भारतीय सीमावर्ती बजार जोगबनीमा देखिएको थियो।

बिज्ञापन

स्रोतका अनुसार उक्त गाडीमा कार्यालयका कर्मचारीहरूले व्यक्तिगत किनमेल गरेका थिए र किनिएका सामग्री गाडीमा राखेर विराटनगर फर्किएका थिए।


सरकारी नियमअनुसार कार्यालय समयबाहेक र निजी प्रयोजनमा सरकारी सवारी प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था छ। तर, वन कार्यालयका कर्मचारीहरूले उक्त नियमको उल्लंघन गर्दै सरकारी स्रोतको दुरुपयोग गरेको देखिएको छ।

स्थानीयवासीहरूका अनुसार पनि सो सरकारी गाडी पटकपटक निजी प्रयोजनमा चलाइने गरेको गुनासो छ। उनीहरूले यस्तो व्यवहारले जनताको सरकारी निकायप्रतिको विश्वास घट्दै गएको बताएका छन्।

सामान किन्दै गरेका कर्मचारीहरूले आफ्नो परिचय दिन अस्वीकार गरेका थिए। जब त्यहाँ फोटो र भिडियो खिच्न थालियो, उनीहरूले हतारहतार सामान लोड गरेर गाडी लिएर विराटनगर फर्किए।

यस विषयमा वन कार्यालय, विराटनगरका प्रमुखसँग सम्पर्क गर्न खोज्दा सम्भव भएन।

उपभोक्ता जागरण अभियानका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले कार्यालय समयपछि सरकारी गाडी निजी काममा प्रयोग गर्नु अख्तियारको दुरुपयोग भएको बताएका छन्।

उनले सरकारी गाडी लिएर भारतको जोगबनी बजारमा किनमेल गर्न जानु अत्यन्त आपत्तिजनक भएको बताए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka