Premier Cables
Premier Steel

अर्थ

आइएमएफको वार्षिक बैठकमा सहभागी हुन अमेरिका पुगे अर्थमन्त्री खनाल

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज २८, २०८२  | बिहान १०:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

वाशिङटन डीसी । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा सहभागी हुन अमेरिका पुगेका छन्। उनले आइतबार वाशिङटन डीसीमा आफ्नो भ्रमण सुरु गरेका हुन्।

भ्रमणको क्रममा अर्थमन्त्री खनालले अमेरिका चेम्बर अफ कमर्सले आयोजना गरेको एक व्यवसायिक संवाद कार्यक्रममा पनि सम्बोधन गरेका छन्। ‘फ्रम द हिमालयज टु द हार्टल्याण्ड: अमेरिका–नेपाल साझेदारीको मजबुती’ विषयक उक्त कार्यक्रममार्फत उनले नेपालको समसामयिक आर्थिक अवस्था, लगानी अवसर र द्विपक्षीय सहयोगका सम्भावनाहरूबारे प्रकाश पारे।

बिज्ञापन

अर्थमन्त्री खनालले सोमबार अन्तर्राष्ट्रिय मुद्रा कोषका उपप्रबन्ध निर्देशक बो लिबीचसँग भेटवार्ता गरेका छन्। वाशिङटन डीसीस्थित नेपाली दूतावासका अनुसार, भेटका क्रममा नेपालका वित्तीय नीति, आर्थिक सुधार र सहयोगका सम्भावित क्षेत्रहरूमा छलफल भएको थियो।

भेटमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाली दूतावासका प्रतिनिधि, मन्त्री खनालको भ्रमण टोलीका सदस्य तथा आईएमएफका अधिकारीहरू सहभागी थिए।

विश्व बैंक र आइएमएफको वार्षिक बैठकमा सहभागी भई नेपालका तर्फबाट उच्चस्तरीय उपस्थित जनाउने उद्देश्यसहित मन्त्री खनालको अमेरिका भ्रमण भएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

भ्याट बिललाई लट्री टिकट बनाउने सरकारको योजना, दैनिक लखपति बनाइने

Clock Iconआइतबार, जेठ १७, २०८३

भन्सार दर दोब्बर भएपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Clock Iconआइतबार, जेठ १७, २०८३

कोशी विनियोजन विधेयकका प्राथमिकता: शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास

Clock Iconआइतबार, जेठ १७, २०८३

बजेटमा फेरि छुट्यो विराटनगर, कोशी प्रदेशका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजना भने प्राथमिकतामा

Clock Iconशनिबार, जेठ १६, २०८३

बजेटप्रति विराटनगरका उद्योगी-व्यवसायी उत्साहित, निजी क्षेत्रका माग सम्बोधन भएको प्रतिक्रिया

Clock Iconशनिबार, जेठ १६, २०८३

सुनमा भन्सार बढ्दा मूल्य तोलामा १५ हजारसम्म महँगिने

Clock Iconशुक्रबार, जेठ १५, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka