Premier Cables
Premier Steel

अर्थ

आइएमएफको वार्षिक बैठकमा सहभागी हुन अमेरिका पुगे अर्थमन्त्री खनाल

Calendar मंगलबार, असोज २८, २०८२  | बिहान १०:२५ बजे

वाशिङटन डीसी । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा सहभागी हुन अमेरिका पुगेका छन्। उनले आइतबार वाशिङटन डीसीमा आफ्नो भ्रमण सुरु गरेका हुन्।

भ्रमणको क्रममा अर्थमन्त्री खनालले अमेरिका चेम्बर अफ कमर्सले आयोजना गरेको एक व्यवसायिक संवाद कार्यक्रममा पनि सम्बोधन गरेका छन्। ‘फ्रम द हिमालयज टु द हार्टल्याण्ड: अमेरिका–नेपाल साझेदारीको मजबुती’ विषयक उक्त कार्यक्रममार्फत उनले नेपालको समसामयिक आर्थिक अवस्था, लगानी अवसर र द्विपक्षीय सहयोगका सम्भावनाहरूबारे प्रकाश पारे।

बिज्ञापन

अर्थमन्त्री खनालले सोमबार अन्तर्राष्ट्रिय मुद्रा कोषका उपप्रबन्ध निर्देशक बो लिबीचसँग भेटवार्ता गरेका छन्। वाशिङटन डीसीस्थित नेपाली दूतावासका अनुसार, भेटका क्रममा नेपालका वित्तीय नीति, आर्थिक सुधार र सहयोगका सम्भावित क्षेत्रहरूमा छलफल भएको थियो।

भेटमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाली दूतावासका प्रतिनिधि, मन्त्री खनालको भ्रमण टोलीका सदस्य तथा आईएमएफका अधिकारीहरू सहभागी थिए।

विश्व बैंक र आइएमएफको वार्षिक बैठकमा सहभागी भई नेपालका तर्फबाट उच्चस्तरीय उपस्थित जनाउने उद्देश्यसहित मन्त्री खनालको अमेरिका भ्रमण भएको हो।

*** समाप्त ***
Bagmati
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka