Premier Cables
Premier Steel

राष्ट्रिय

तरुण दल केन्द्रीय सदस्यद्वारा कांग्रेसमा पुस्तान्तरणको माग

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज २२, २०८२  | साँझ ४:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दल, कोशी प्रदेशका केन्द्रीय सदस्यहरूले जेनजीले गरेको आन्दोलनमाथि राज्यले गरेको दमनको कडा शब्दमा भत्र्सना गरेका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै उनीहरूले भ्रष्टाचार, अन्याय, र कुशासनविरुद्ध सुशासन र अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै भएको शान्तिपूर्ण आन्दोलनमाथि राज्यबाट भएको दमन, धरपकड र गैरराजनीतिक गतिविधिप्रति खेद प्रकट गरिएको छ । सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिलाई गहिराइमा पुगेर घटनाको अनुसन्धान गर्न, दमनमा संलग्न र सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पु¥याउनेलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।

बिज्ञापन

तरुण दलका सदस्यहरूले देशको राजनीतिक नेतृत्वलाई ‘म्युजिकल चेयर’ जस्तो घुमिफिरी राज्यसत्तामा पुग्ने खेलमा मात्रै सीमित भएको आरोप लगाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो दशकदेखि राजनीतिबाट बाहिर निस्कन नसकेको नेतृत्वका कारण अहिलेको निराशाजनक परिस्थिति निर्माण भएको हो । राजनीतिक दलहरूले पार्टी कब्जा गर्ने र विरोधीलाई पाखा लगाउने नीति लिएकाले जनतामा वितृष्णा बढेको छ ।’

उनीहरूले वर्तमान राजनीतिक नेतृत्वलाई पुरानो मानसिकता त्यागेर नागरिकको भरोसा जित्न र नयाँ पुस्ताले उठाएका भ्रष्टाचार अन्त्य, सुशासन र पुस्तान्तरणको एजेन्डालाई आत्मसाथ गर्दै मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।

विज्ञप्तिमा तरुण दलका सदस्यहरूले आफ्नै पार्टी नेपाली कांग्रेसको नेतृत्वमाथि पनि गम्भीर प्रश्न उठाएका छन् । कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद यही मंसिरमा सकिने भन्दै उनीहरूले असोज २६ गते बस्ने केन्द्रीय समिति बैठकबाट १५औं राष्ट्रिय महाधिवेशनको मिति तोक्न जोडदार माग गरेका छन् । ‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनले निर्वाचित गरेको कार्यसमितिको म्याद सकिने यहि असोज २६ गतेबाट सुरु हुने केन्द्रीय समिति बैठकले नेपाली कांग्रेसको पन्ध्रौं राष्ट्रिय महाधिवेशनको मिति तोकेर तल्लो इकाइदेखि केन्द्रसम्म पार्टी रुपान्तरण, पुस्तान्तरणको बाटोमा आफूलाई अग्रसर गराउने सन्दर्भमा विलम्ब नगर्न जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र अधिक जनसहभागितामूलक बनाउन पनि सरकारसँग माग गरेका छन् । तर, निर्वाचनअघि नै मुख्य राजनीतिक दलहरूले मूल नेतृत्व फेरेर जानु आमजनताको चाहना भएको तरुण दलका केन्द्रीय सदस्य नेत्र पौडेलले बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka