Premier Cables
Premier Steel

कोशी प्रदेश

इलामका आठ पालिका संकटग्रस्त घोषणा गर्न सिफारिस, कोसी सरकारले चालू खर्च कटौती गर्ने

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज २२, २०८२  | अपराह्न ३:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित इलाम जिल्लाका आठवटा गाउँपालिका तथा नगरपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न कोसी सरकारले सिफारिस गरेको छ । कोसी सरकारले संघीय सरकार समक्ष संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले यस घोषणाले ती क्षेत्रमा राहत, पुनर्निर्माण र सेवा प्रवाहलाई विशेष प्राथमिकताका साथ अघि बढाउन मार्ग प्रशस्त गर्ने जानकारी दिए।

बिज्ञापन

बुधबार बसेको विपद् व्यवस्थापन परिषद्को बैठकले राहत, पुनर्निर्माण र अत्यावश्यक सेवाहरू प्रभावकारी रूपमा सञ्चालन गर्न तीन सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरेको छ। कार्यदलमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारी रहेका छन्। कार्यदलले छिट्टै कार्ययोजना बनाएर काम सुरु गर्ने जनाएको छ।

साथै, विभिन्न प्रभावित जिल्लाहरूलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल खर्च गर्न सक्ने गरी राहत रकम उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ। सरकारले तत्काल राहत र पुर्नस्थापनका लागि इलामका लागि २५ लाख रुपैयाँ, झापाका लागि १० लाख रुपैयाँ, पाँचथर, मोरङ र सुनसरी जिल्लाहरूका लागि ५÷५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ

कोशी सरकारले ‘सक्षम छोरी’ कार्यक्रम सञ्चालन गर्ने, २ लाख ७५ हजार छात्रा लाभान्वित हुने अपेक्षा

Clock Iconसोमबार, असार ०१, २०८३

कोसी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोडको बजेट

Clock Iconसोमबार, असार ०१, २०८३

कोसीमा स्वास्थ्य क्षेत्रमा ३ अर्ब ६१ करोड, कृषि-उद्योग र सहकारीमा २ अर्ब ९२ करोड बजेट

Clock Iconसोमबार, असार ०१, २०८३

कोसीका स्थानीय तहमा रु. ६ अर्ब ८१ करोड ३० लाख अनुदान हस्तान्तरण, सशर्त अनुदानको हिस्सा धेरै

Clock Iconसोमबार, असार ०१, २०८३

कोसी प्रदेशको आर्थिक वृद्धिद्धदर पाँच प्रतिशत हुने प्रक्षेपण

Clock Iconसोमबार, असार ०१, २०८३

कोशी प्रदेशले आज करिब ३९ अर्बको बजेट ल्याउँदै, पूर्वाधार र सामाजिक क्षेत्र प्राथमिकतामा

Clock Iconसोमबार, असार ०१, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka