Premier Cables
Premier Steel

राजनीति

कुलमानसँग किन रिसाए हर्क साम्पाङ ?

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर २२, २०८२  | अपराह्न १:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । धरानका मेयर तथा नवगठित श्रम संस्कृति पार्टी (श्रसंपा) का अध्यक्ष हर्क साम्पाङ र ऊर्जा मन्त्री कुलमान घिसिङबीच पछिल्ला दिनमा आपसी सम्बन्ध चिसिंदै गएको छ।

शनिबार साम्पाङले सामाजिक सञ्जालमार्फत हेटौंडामा आयोजित आफ्नो कार्यक्रममा ‘बिजुली काटिएको’ आरोप लगाउँदै घिसिङलाई लक्षित गर्दै भने, “आज पनि हेटौंडा हुप्राचौरमा कार्यक्रम स्थलमा लाइन छैन, ऊर्जा मन्त्रीज्यूलाई धन्यवाद !”

बिज्ञापन

यसअघि पनि उनले भोजपुर, ताप्लेजुङ र संखुवासभामा समेत आफू पुगेकै बेला विद्युत् सेवा अवरुद्ध भएको दाबी गरेका थिए।

ऊर्जा मन्त्री घिसिङले यसबारे कुनै औपचारिक प्रतिक्रिया नदिए पनि उनी निकट उज्यालो नेपाल पार्टी (उनेपा) का नेता जीतराम लामाले साम्पाङका आरोपलाई मिथ्या भनेका छन्। लामा भन्छन्, “कार्यक्रम लक्षित गरेर बिजुली काट्ने कुरा कल्पना गर्नै सकिँदैन।”

जेनजी आन्दोलनलगत्तै दुवैले संयुक्त पत्रकार सम्मेलन गर्दै ‘एक भएर अघि बढ्ने’ घोषणा गरेका थिए। घिसिङको घरमै पुगेर साम्पाङले नजिकियताको संकेत गरेका थिए। तर, समयक्रममा सम्बन्ध पृथक दिशातर्फ मोडिएको छ।

मंसिर १७ मा उनेपाको घोषणा सभाको दिन साम्पाङले घिसिङसँग मिलेर चुनाव लड्ने प्रस्ताव आए पनि त्यो सम्भावना नभएको सार्वजनिक रुपमा बताए। घिसिङ धरान पुगे पनि साम्पाङले भेट नदिएको घटनाले पनि सम्बन्ध शीतल भएको देखियो।

त्यसपछि घिसिङले काठमाडौंका मेयर बालेन्द्र शाहसँगको तस्बिर सार्वजनिक गरिँदै “देश बनाउने अभियानमा हामी सँगै छौँ” लेखे। उनेपाका एक नेताका अनुसार, साम्पाङले मर्यादापूर्वक व्यवहार नगरेको प्रतिक्रियामा घिसिङले यो कदम चालेका हुन्।

अन्तरिम सरकार र नेतृत्व विवाद मुख्य कारण

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि बालेनलाई अन्तरिम प्रधानमन्त्री बनाउने चर्चा चलेका बेला साम्पाङले समेत काठमाडौं आएर सेना प्रमुखलाई भेटेका थिए। तर त्यो सम्भावना असफल भएपछि उनी घिसिङतर्फ मोडिएका थिए।

तर, भदौ २६ मा ‘जेनजी नेपाल’ नामक समूहले निकालेको विज्ञप्तिले साम्पाङलाई असहज बनायो। विज्ञप्तिमा उनको नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै घिसिङलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउनुपर्ने उल्लेख थियो।

यसपछि साम्पाङ र घिसिङबीचको विश्वास क्रमशः कमजोर हुँदै गएको देखिन्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka