Premier Cables
Premier Steel

समाचार

प्रधानमन्त्री ओलीले राजावादी सिद्धान्तलाई दिए ‘पाखण्डी’को संज्ञा

नोट: यो समाचार १० महिना अघिको हो

मुनाल खत्री Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख ११, २०८२  | साँझ ६:०३ बजे
Hamro Biratnagar Headlines

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मिँदै कोही पनि व्यक्ति सर्वश्रेष्ठ नहुने बताएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको ‘युथ सेलिब्रेशन’ कार्यक्रममा बोल्दै ओली राजावादीमाथि खनिएका हुन् ।

बिज्ञापन

उनले देश संघीय लोकतान्त्रिक व्यवस्थामा गइसकेको अवस्थामा जन्मिँदैमा कसैलाई सर्वश्रेष्ठ मान्ने कुरा अब फर्केर नआउने बताए ।

‘जन्मिँदै श्रेष्ठताको कुनै वैज्ञानिक आधार नभएको पाखण्डी सिद्धान्त, कुल घरानाका आधारमा, जन्मका आधारमा श्रेष्ठता भनेर चलाइने वैधानिक आधार कुनै नभएको अवैज्ञानिक एउटा पाखण्डी सिद्धान्तको आधारमा शासन गर्न खोज्ने सामन्ती युगलाई फेरि फर्काउने आवाज पनि कता–कता सुनिन थालेका छन्,’ उनले भने ।

प्रधानमन्त्रीले चैत १५ गते राजावादीले तीनकुनेमा मच्चाएको वितण्डाबाट उनीहरूले कस्तो शासन चलाउन खोजेका छन् भन्ने कुरा देखिसकेको पनि बताए ।

‘प्रतिगमनतर्फ देशलाई लानका लागि जनताको हत्या गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने, व्यक्तिका घरहरु पार्टीका कार्यालयहरु, त्यसै गरेर व्यापारिक प्रतिष्ठानहरु अथवा मिडियाका कार्यालयहरु माथि आक्रमण हुने एउटा जंगली होइन, राक्षसी प्रवृत्ति देखाएर फेरि यिनले कस्तो शासन थोप्न खोजेका छन् ? कुन तानाशाही ल्याउन खोजेका छन् भन्ने कुरा स्पष्ट देखाएका छन्,’ उनले भने ।

उनले देशमा गणतन्त्र आएयता देशमा केही भ्रम रहँदा अलमलिनपुरेको बताए । तर अब देशले स्पष्ट खाकासहित अघि बढ्ने दृष्टिकोण पाइसकेको बताए ।

ओलीले अब युवाले देशको नेतृत्वल लिनुपर्ने समय आएको बताएका छन् । युवाको काँधमा देशको नेतृत्व हस्तान्तरण गर्ने समय आइरहेको पनि उनले बताए ।

‘युवाहरूले देश बनाउने संकल्प गर्नुपर्छ । संकल्पलाई साकार बनाउनुपर्छ’, उनले भने, ‘संकल्पलाई देश विकासको बाटोमा लगेर साकार बनाउन लागौँ ।’

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka