जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो, तीन प्रहरी र एक भारतीय महिला पनि
नोट: यो समाचार १ महिना अघिको हो
शुक्रबार, भाद्र २७, २०८२ |
अपराह्न १:५७ बजे
फायल फोटो
काठमाडौं। देशभर जारी जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार, मृतकमध्ये तीन जना प्रहरी र एक जना भारतीय महिला पनि छन्।
बिज्ञापन
प्रहरीका अनुसार, मृतकहरूमा काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका व्यक्तिहरू समावेश छन्। आन्दोलनको पहिलो दिन मात्रै २१ जनाको मृत्यु भएको थियो भने तीमध्ये ९ जना कैदी रहेको बताइएको छ।
डीआईजी घिमिरेले स्थिति नियन्त्रणमा लिन सुरक्षा निकायले संयमता अपनाएको दाबी गरे पनि, हिंसात्मक झडप, आगजनी र तोडफोडका घटनाहरूका कारण आन्दोलनकाे स्वरूप भयावह बन्दै गएको छ।
जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेहरूको पहिचान खुलाउने काम जारी रहेको प्रहरीले जनाएको छ। मृत्युको संख्यामा अझै बढ्न सक्ने अनुमान छ।