






विराटनगर । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा सहभागी हुन जाँदै गरेका कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम राना चढेको गाडीले एक बालिकालाई ठक्कर दिएको खुलेको छ ।
कालो रंगको मन्त्री चढ्ने गाडीले हरिसिद्धिमा बालिकालाई ठक्कर दिएपछि रोक्दै नरोकी भागेको थियो । मगर एमाले विधान महाधिवेशनमा जांदै थिए । मगर को १ झ ६९९ नम्बरको सरकारी गाडीमा महाधिवेशन स्थल जादै थिए ।
गाडीले बालिकालाई ठक्कर दिएर लडाएर भागेको भिडियो सामाजिक सञ्जालमा भाईरल भएको छ ।
महाधिवेशनको दोस्रो दिन बन्दशत्रमा सहभागी हुन जाँदै गर्दा काठमाडौंको हरिसिद्धि घुम्तीमा मन्त्री सवार गाडीले ११ वर्षीया बालिकालाई ठक्कर दिएको हो। घाइते उषा मगर सुनुवारको अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि आक्रोशित स्थानीयले केही समयसम्म सडक अवरुद्ध गरेका थिए। उनीहरूका अनुसार मन्त्री चढेको गाडी बालिकालाई ठक्कर दिएपछि नरोकी अगाडि भागेको भन्दै विरोध गरेका छन् ।
घटनाबारे नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनमै जानकारी गराउँदै बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने बताएका छन्।
प्रधानमन्त्री ओलीले दुर्घटनालाई लिएर सडक अवरुद्ध गर्नु र महाधिवेशनमा अवरोध सिर्जना गर्नु राजनीतिक स्वार्थका लागि गरिएको आरोपसमेत लगाएका छन्।
घटनाको कारणले एमालेको विधान महाधिवेशन पनि केही समय ढिलो गरी सुरु भएको हो।