Premier Cables
Premier Steel

राजनीति

पूर्वराष्ट्रपति-उपराष्ट्रपति राजनीतिमा आउने मलाई थाहा छैन् : सभापति देउवा

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, भाद्र २१, २०८२  | बिहान ११:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिले पुनः सक्रिय राजनीतिमा प्रवेश गर्ने चर्चा चलिरहेको भन्बेने आफूलाई थाहा नभएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज पत्रकारले सोधेको प्रश्नमा देउवाले भने, “मलाई केही थाहा छैन।” तर संविधानमा यसबारे केही उल्लेख नभएको बताए ।

बिज्ञापन

सरकारका मन्त्रीहरू अहिले नै फेरबदल नहुने स्पष्ट पारेका छन्।
सञ्चारकर्मीसँग कुरा गर्दै भने, “अहिले हुँदैन।”

संविधान संशोधनको विषयमा देउवाले दुई तिहाई बहुमत आवश्यक पर्ने बताए । त्यसका लागि कार्यदल बनाउने विषयमा भने केही बताएनन् ।

कांग्रेसको महाधिवेशनबारे पनि टिप्पणी गर्दै उनले त्यो समयमै हुने बताएका छन् र त्यसबारे धेरै चिन्ता लिनु नपर्ने बताएका छन्।

हाल सामाजिक सञ्जाल बन्द गरिएको भन्ने हल्लाप्रति पनि उनले प्रस्ट पारेका छन्।

देउवाले भने, “सामाजिक सञ्जाल बन्द गरिएको होइन, दर्ता प्रक्रियामा ल्याउन भनिएको हो।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa