Premier Cables
Premier Steel

खेलकुद

महेन्द्र मोरङले जित्यो ईस्ट इन्टरकलेज टी-ट्वान्टी २०२५ को उपाधि

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र १९, २०८२  | बिहान ११:०० बजे
Hamro Biratnagar Headlines

भद्रपुर । ईस्ट इन्टरकलेज ट -ट्वान्टी क्रिकेट प्रतियोगिता २०२५ को उपाधि विराटनगरको महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पस विराटनगरले हात पारेको छ।

भद्रपुरस्थित मेची मल्टिपल क्याम्पसको क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा अर्को उपाधि दावेदार मानिएको आयोजक मेचि मल्टिपल कलेज भद्रपुर झापालाई हराउँदै महेन्द्र मोरङले उपाधि जितेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको मोरङले २० ओभरको समाप्तिमा १३६ रन जोड्न सफल भएको थियो। १३७ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको मेचीले सोचे अनुरूपको प्रदर्शन गर्न नसक्दा उपाधि महेन्द्र मोरङलाई सुम्पिएको हो।

जितको लक्ष्य सहित मैदान प्रवेश गरेको मेचीका लागि बलरहरू क्रिजमा टिक्न नसक्दा सस्तैमा समेटिएको हो। मेचीका लागि कुनै पनि ब्याट्सम्यानले ठूलो रन जोड्न सकेनन्। मेचीका ब्याट्सम्यानलाई सस्तैमा समेट्न महेन्द्र मोरङका बलरहरूको त्यो कसिलो बलिङले ब्याट्सम्यानहरुलाई पेवेलियन फर्किए अन्तिम ओभरमा ओभरमा अल आउट हुँदै मात्र ७७ रन जोडेको थियो ।

स्वतन्त्र विद्यार्थी युनियन स्ववियु मेची क्याम्पस कमिटीले आयोजना गरेको प्रतियोगिता भाद्र १५ गतेदेखि १८ गते सम्म सञ्चालन भएको हो। प्रतियोगितामा महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाम डिग्री कलेज विराटनगर, मेची मल्टिपल कलेज भद्रपुर, महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पस विराटनगर र राजर्षी जनक युनिभर्सिटी जनकपुरको सहभागिता रहेको थियो ।

विजेता तथा उपविजेता टोलीलाई कार्यक्रमका प्रमुख अतिथि विशिष्ट अतिथि तथा सवियु सभापति लगायतका अतिथिहरूले ट्रफी मेडल तथा प्रमाणपत्र वितरण गरे ।

पढाइ सँगसँगै विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा पनि त्यत्तिकै अब्बल बनाउने उद्देश्यले र स्ववियुको वार्षिक कार्यक्रम अन्तर्गत क्रिकेट खेल आयोजना गरिएको सभापति निलम कार्कीले बताइन् साथै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु लाई निरन्तरता दिने उनले बताएकी छिन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka