Premier Cables
Premier Steel

विराटनगर

श्री सत्यनारायण मन्दिरद्वारा पाणिनी संस्कृत विद्यालय र परमार्थ सिंघीया आरती सेवालाइ सम्मान

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र १८, २०८२  | साँझ ५:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । श्री सत्यनारायण मन्दिर, विराटनगर–७ द्वारा आयोजित कार्यक्रममा विभिन्न धार्मिक तथा सामाजिक संस्थाहरुलाई सम्मान गरिएको छ ।

धार्मिक आस्था, परम्परा र संस्कृतिको संरक्षण एवं प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै श्री परमार्थ सिंघीया आरती सेवा, विराटनगर–१ लाई श्री रामकिशन राठी धार्मिक सेवा पुरस्कार–२०८२ प्रदान गरिएको हो । सो संस्थाले साप्ताहिक सामूहिक आरतीमार्फत वैदिक सनातन हिन्दू धर्मप्रति श्रद्धा जगाउने कार्य गर्दै आएको छ ।

बिज्ञापन

त्यस्तै, संस्कृत शिक्षाको प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै श्री पाणिनी संस्कृत विद्यालय, बरगाछी-विराटनगरलाई पनि श्री रामकिशन राठी धार्मिक सेवा पुरस्कार-२०८२ प्रदान गरिएको छ । विद्यालयले संस्कृत शिक्षा विस्तार, पूजा–अर्चना र वैदिक संस्कृतिको प्रचार-प्रसारमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।

बुधबार सत्यनारायण मन्दिर, विराटनगरमा आयोजित विशेष कार्यक्रममा हिन्दू धर्मका अगुवा पं भवानीशंकर निरौलाले परमार्थ तर्फबाट प्रमुख संरक्षक शंकर खरेललाई पुरस्कार हस्तान्तरण गरे

यसअघि परमार्थले गएको साउन ३१ गते श्रीकृष्ण जन्माष्टमीका दिन ‘पोखरमल राठी धर्म संस्कृति पुरस्कार’ पनि १ लाख १ हजार राशीसहित प्राप्त गरेको थियो ।

परमार्थका तर्फबाट प्रमुख संरक्षक शंकर खरेलले सम्मान ग्रहण गरेका थिए ।

रामाकिसन राठीको स्मृतिमा सत्यनारायण मन्दिरले प्रदान गर्दै आएको यो पुरस्कार धार्मिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा योगदान पुर्‍याउने संस्थालाई दिइँदै आएको हो ।

कार्यक्रममा छनोट समिति संयोजक भिखमचन्द्र सरल, मोरङ व्यापार संघका पूर्व अध्यक्ष शंकरलाल अग्रवाल, स्व। रामाकिसन राठीका छोरा मुलचन्द्र राठीलगायतले विचार व्यक्त गर्दै पुरस्कार रकम धार्मिक गतिविधिमा खर्चिने प्रतिबद्धता जनाइएको जानकारी गराइएको थियो ।

मन्दिर परिवारले यस्ता संस्थागत प्रयत्नले हिन्दू धर्म, संस्कृति र सामाजिक चेतनाको उन्नतिमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । एकलाख नगदसहित सम्मान गरिएकाे जनाइएकाे छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka