Premier Cables
Premier Steel

राष्ट्रिय

आईजीपी खापुङको कार्यकाल २ महिना ७ दिन मात्र !

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र १३, २०८२  | अपराह्न ३:४६ बजे
Hamro Biratnagar Headlines

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी चन्द्रकुवेर खापुङ नेपाल प्रहरीका ३२औँ महानिरीक्षक (आईजीपी) नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी भदौ १९ गतेदेखि लागू हुने गरी उनलाई प्रहरी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो।

हालको प्रहरी ऐन र नियमावलीअनुसार खापुङको कार्यकाल निकै छोटो हुनेछ। यदि संसदमा प्रस्तावित नयाँ प्रहरी विधेयक पारित भएन भने, उनले जम्मा २ महिना ७ दिन मात्र आईजीपीको जिम्मेवारी सम्हाल्नेछन्।

बिज्ञापन

खापुङले २०५२ कात्तिक २७ मा प्रहरी निरीक्षकको रूपमा सेवा यात्रा सुरु गरेका थिए। उनी हाल ३० वर्षे सेवा अवधिका आधारमा आउँदो कात्तिक २६ मा अनिवार्य अवकाशमा जानेछन्। हालका आईजीपी दीपक थापा भने भदौ १८ मा सेवा अवधि पूरा गरी अवकाश हुनेछन्। त्यसपछि खापुङले प्रहरीको कमान्ड सम्हाल्नेछन्।

२०२७ मंसिर २३ मा तेह्रथुमको मेन्छ्यायोम गाउँपालिका–६ मा जन्मिएका खापुङले जेन्डर स्टडिजमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका छन्। उनले इन्स्पेक्टर हुँदा मोरङको बेलबारी, डीएसपी हुँदा चापागाउँ, धरान र दरबारमार्गमा कमान्ड गरेका थिए।

एसपी पदमा २०७३ पुसमा बढुवा भएर बागलुङ र प्रहरी प्रधान कार्यालयमा काम गरेका खापुङ २०७७ वैशाखमा एसएसपी भए। त्यसपछि उपत्यका अपराध अनुसन्धान कार्यालय र काभ्रेमा कमान्ड गरेका थिए।

२०८० वैशाख ६ मा डीआईजी र २०८१ मंसिर २७ मा एआईजी पदमा पुग्दै सीआईबीको प्रमुख बनेका थिए। उनले इटाली, भियतनाम र चीनसहित विभिन्न मुलुकमा १४ वटा तालिम लिएका छन्।

खापुङ प्रबल जनसेवाश्रीबाट सम्मानित भइसकेका छन्। उनी गीतकारसमेत हुन्। हालै सार्वजनिक ‘चाहिन्न मलाई नदेउ सहारा’ गीतमा उनले आफूसँग भएको कुरामा सन्तुष्टि व्यक्त गरेका छन्।

प्रहरी सेवाको यात्रामा उनले संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तर्गत दुईपटक हाइटीमा सेवा गरेका छन्। खापुङ १७ वटा पुरस्कारबाट सम्मानित भइसकेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka