Premier Cables
Premier Steel

अर्थ

काेशीमा ३ हजार रोजगारी सिर्जना हुने ‘उदय’ परियोजना सञ्चालनमा

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र १३, २०८२  | बिहान ११:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश सरकारले साना तथा मझौला व्यवसाय प्रवर्द्धन र उद्यमशीलता विकासका लागि स्विस सरकारको सहयोगमा ‘उदय’ परियोजना सञ्चालनमा ल्याएको छ।

यस परियोजनाबाट प्रदेशमा करिब ३ हजार रोजगारी सिर्जना हुने र आर्थिक समृद्धिको नयाँ ढोका खुल्ने अपेक्षा गरिएको छ।

बिज्ञापन

‘उदय’ परियोजनाअन्तर्गत स्वीकृत सेवा प्रदायकमार्फत व्यवसाय विकास सेवा उपलब्ध गराइनेछ। परियोजनाले ६० करोडको ग्यारेन्टी फन्डमार्फत झण्डै ८ अर्ब रुपैयाँ बराबरको कर्जा सुरक्षा गर्नेछ भने २८ करोडको च्यालेञ्ज फन्डमार्फत उद्यमशीलता प्रवर्द्धन र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ। साथै, इनफर्मेशन पोर्टलमार्फत बजारसम्बन्धी सूचना पनि उपलब्ध गराइनेछ।

परियोजनाअन्तर्गत बिना धितो ३० लाखदेखि ३ करोडसम्म कर्जा दिने व्यवस्था मिलाइने र त्यसका लागि बैंक छनोटको प्रक्रिया अघि बढाइएको छ। पहिलो चरणमा चार वर्ष सञ्चालन हुने यो परियोजना दीर्घकालीन रूपमा १० वर्षसम्म निरन्तरता दिने गरी योजना गरिएको छ।

व्यवसाय विकास प्रमुख विष्णु काफ्लेले उदय परियोजनाले नयाँ उद्यम गर्न चाहने तथा उद्यम गरिरहेका व्यवसायीलाई ठूलो सहजीकरण गर्ने बताए। टिम लिडर अरुण राणाले यसलाई प्रदेशभर विस्तार गरी उद्यमशीलताको सुदृढीकरण गर्ने तयारी गरिएको उल्लेख गरे।

मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदीले परियोजनाले कोशी प्रदेशलाई आर्थिकरूपमा थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे। आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले यो परियोजनाले बजार प्रवर्द्धनदेखि नयाँ उद्योग स्थापना गर्ने बाटो खोल्ने बताए।

मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ‘उदय’ परियोजनालाई नमुनाका रूपमा सफल बनाएर देशभरि उदाहरण प्रस्तुत गर्ने प्रतिबद्धता जनाए। उहाँले यसलाई “कोशी प्रदेशको आर्थिक समृद्धि र विकासतर्फको कोसेढुङ्गा” भन्दै प्रदेश सरकारले कृषि र पर्यटनसँगै उद्यमशीलता प्रवर्द्धनमा प्राथमिकता दिएको स्पष्ट पारे।

प्रदेशका १४ वटै जिल्लामा विस्तार गर्ने लक्ष्यसहित सुरु गरिएको यो परियोजनाले विशेष गरी पहाडी क्षेत्रमा साना तथा मझौला उद्योग प्रवर्द्धन गर्ने र नयाँ उद्योग स्थापना गर्न प्रोत्साहन गर्नेछ। यसबाट कोशी प्रदेशमा रोजगारी सिर्जना, उद्यमशीलता विकास र आर्थिक आधार मजबुत हुने विश्वास लिइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa