Premier Cables

समाचार

संविधान दिवस भव्य रूपमा मनाउने कोशी सरकारको तयारी

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र १२, २०८२  | अपराह्न १:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश सरकारले आगामी असोज ३ गते मनाइने संविधान दिवसलाई भव्य रूपमा सम्पन्न गर्न तयारी थालेको छ। मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बिहीबार बसेको बैठकले विभिन्न कार्यक्रमसहित तीन दिनसम्म संविधान दिवस मनाउने निर्णय गरेको हो।

बैठकमा सबै मन्त्रीहरू, सचिवहरू, सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो। बैठकले ५०१ सदस्यीय मूल समारोह समिति गठन गर्ने निर्णय गरेको छ।

विज्ञापन

संविधान दिवसका अवसरमा वक्तृत्वकला प्रतियोगिता, स्वास्थ्य शिविर, प्रभातफेरी, झाँकी प्रदर्शनी लगायत कार्यक्रम आयोजना गरिनेछ। यी कार्यक्रमहरू प्रदेश सरकारका सेवाहरू प्रस्तुत हुने गरी सबै जिल्लामा सञ्चालन गरिनेछन्।

मुख्यमन्त्री कार्कीले प्रदेशका सबै संघसंस्थालाई संविधान दिवस भव्य रूपमा मनाउन आह्वान गर्दै प्रदेशका मौलिकता झल्किने झाँकी र जातजातिको विशेषता झल्काउने प्रदर्शनीहरू गर्न निर्देशन दिएका छन्।

कार्यक्रमहरू आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा सञ्चालन हुने जनाइएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka