Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा साइकल दुर्घटनामा परेर एक जनाको मृत्यु

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र ०९, २०८२  | बिहान १०:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१४ स्थित आईसीपी रोडको भित्री सडकखण्डमा आइतबार साँझ भएको एक साइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ।

दुर्घटनामा मोरङको जहदा गाउँपालिका–३ निवासी ४१ वर्षीय रुपेश कुमार राजवंशीको मृत्यु भएको हो। सिटी सफारी (बिराटनगर-१-ह १२३४) नम्बरसँग ठोक्किएपछि राजवंशीको साइकल अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

बिज्ञापन

गम्भीर टाउको चोटसहित गम्भीर अवस्थामा रहेका राजवंशीलाई तत्काल उपचारका लागि कोशी अस्पताल, विराटनगर लगिएको थियो। तर, अस्पतालमा भर्ना गरिएपछि केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि सिटी सफारीका चालक २५ वर्षीय मोहम्मद जाहागिरलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको प्रहरी कार्यालयले जानकारी दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa