Premier Cables
Premier Steel

राजनीति विराटनगर

पूर्वराष्ट्रपति भण्डारीको कार्यक्रममा सहभागी नहुन एमाले विराटनगरको ‘सर्कुलर’

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ०३, २०८२  | अपराह्न १:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) मोरङको जिल्ला पार्टी कार्यालय, पाञ्चाली विराटनगर जाने कार्यक्रम तय भएको सूचनापछि सामाजिक सञ्जालमा मंगलबार दिउँसो कार्यकर्ता भेला हुने प्रचार गरिएको थियो। तर, एमाले मोरङका इन्चार्ज पर्शुराम बस्नेतले सो प्रचारप्रति स्पष्ट खण्डन गर्दै पार्टीका कुनै पनि तहबाट कार्यक्रम तय नभएको बताएका छन्।

बस्नेतले सामाजिक सञ्जाल, फोन र मेसेजमार्फत भ्रमपूर्ण सूचना फैलाइएको जनाउँदै त्यसप्रकारको कुनै बैठक, छलफल वा कार्यकर्ता भेला नकेन्द्र, नप्रदेश, नजिल्ला तहबाट तय गरिएको जानकारी दिए। पार्टी कार्यालय वा विराटनगर महानगरभित्र कुनै औपचारिक कार्यक्रम नरहेको स्पष्ट गर्दै उनले नेता, कार्यकर्ता र समर्थकहरूलाई झुटा सूचनाप्रति नझुक्किन आग्रह गरे।

बिज्ञापन

पूर्वराष्ट्रपति भण्डारी सोमबार विराटनगर आइपुगेकी हुन्। उनले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मोरङसँग आफ्नो पुरानो सम्बन्ध रहेको बताइन्। उनले मोरङबाटै पार्टी सदस्यता लिएको र आफ्नो विद्यार्थी जीवन महेन्द्र मोरङ क्याम्पसमा बितेको उल्लेख गरिन्। भण्डारीले आफ्नो राजनीतिक यात्रा पनि मोरङबाटै सुरु भएको बताएकी थिइन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka