Premier Cables

अर्थ कोशी प्रदेश

कोशीमा प्रदेश सरकारको आफ्नै राजश्व कार्यालय उद्घाटन

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र ०२, २०८२  | अपराह्न १:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर।कोशी प्रदेश सरकारले पहिलोपटक प्रदेश राजस्व कार्यालय उद्घाटन गरेको छ।

प्रदेशको राजस्व संकलनमा सहजीकरण गर्ने उद्देश्यले यो कार्यालय खोलिएको हो। प्रदेशको क्षेत्राधिकार भित्रपर्ने विषयमा आवश्यक सहजीकरण गर्न र प्रदेशको राजस्वलाई वृद्धि गर्नको लागि आजदेखि कार्यालय सञ्चालनमा ल्याइएको हो। कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरले सुनसरीको इटहरीमा प्रदेश राजस्व कार्यालयको उद्घाटन गरे ।

विज्ञापन

कार्यालयको उद्घाटन गर्दै मन्त्री रानाले प्रदेश सरकारले सोचेअनुसारको राजस्व संकलन गर्न नसकिरहेको परिपेक्ष्यमा कार्यालय उद्घाटन गरिएको बताए । उनले जनतालाई करको बोझ नहुने गरी राजस्व वृद्धि गर्नका लागि कार्यालय सञ्चालनमा ल्याइएको स्पष्ट पारे । उनले भने ‘कुन कुन क्षेत्रबाट राजस्व उठाउन सकिएको छैन त्यसको पहिचान गरेर कार्यालयले राजस्व उठाउन सहजीकरण गर्नेछ।’

प्रदेश सरकारहरूमा पहिलोपटक कोशी प्रदेश सरकारले यस्तो कार्यालय स्थापना गरेको हो। कोशी प्रदेश सरकारले गत आर्थिक वर्षमा ४ अरब ९८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ९८५ सफलता हासिल गरेको थियो।

चालु आबमा कोशी प्रदेश सरकारले ५ अरब ५० करोड राजस्व उठाउने लक्ष्य राखेको छ। कार्यालय उद्घाटन समारोहमा कोशी प्रदेश सभाका सदस्य रमेश बस्नेत, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मुख्यमन्त्रीको आर्थिक सल्लाहकार डाक्टर मोहन सुवेदी लगायतले मन्तब्य राखेका थिए ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka