Premier Cables
Premier Steel

समाचार

रथयात्रामा सुरक्षा रणनीति : ड्रोन र सिसीटिभीबाट सुक्ष्म निगरानी

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र ०१, २०८२  | अपराह्न २:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा आज निस्कने ऐतिहासिक राधाकृष्ण रथयात्रालाई पूर्ण रुपमा शान्तिपूर्ण र सुरक्षित बनाउन मोरङ प्रहरीले कडा सुरक्षा रणनीति अपनाएको छ।

एसियाकै दोस्रो ठूलो धार्मिक रथयात्रा मानिने यस आयोजनामा सम्भावित अपराधिक र उश्रृंखल गतिविधि नियन्त्रण गर्न प्रहरीले पहिलोपटक अत्याधुनिक ड्रोन प्रविधि प्रयोग गर्दै हवाई निगरानीको व्यवस्था मिलाएको छ। साथै, सिसिटिभी क्यामेरा र एक हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ।

बिज्ञापन

मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले सुरक्षामा कुनै कसर बाँकी नराखिएको स्पष्ट पार्दै भने, “यो केवल धार्मिक यात्रा होइन, लाखौं भक्तजनको आस्था र विराटनगरको सांस्कृतिक पहिचानसँग जोडिएको विषय हो। यसको गरिमा र शान्ति खलल पार्ने कुनै पनि प्रयास सफल हुन दिइने छैन।”

उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकका सुरक्षाकर्मीहरू समेत परिचालन गरिएको छ। शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूमाथि शून्य सहनशीलता नीति लागू गरिने र तत्काल नियन्त्रणमा लिई कानुनी कारबाही गरिने चेतावनी प्रहरी प्रशासनले दिएको छ।

यस वर्षको सुरक्षा रणनीतिमा प्रविधिको व्यापक प्रयोग गरिएको छ। पहिलोपटक रथयात्राको सम्पूर्ण मार्गलाई ड्रोनमार्फत प्रत्यक्ष निगरानी गरिनेछ।

प्रहरीले श्रद्धालुहरूलाई भक्तिभावका साथ, निर्धक्क वातावरणमा सहभागिता जनाउन आग्रह गर्दै, सार्वजनिक शान्ति, सुरक्षामा सहयोग पुर्‍याउन अनुरोध पनि गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa