Premier Cables
Premier Steel

अर्थ

भदौ महिनाका अझ घट्यो बैंक ब्याजदर

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र ०१, २०८२  | अपराह्न १:१४ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर अझै घटेको छ। २० वटा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार, साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.११ प्रतिशत विन्दुले घटेर ५.६८ बाट ५.५७ प्रतिशतमा झरेको हो।

साउनको तुलनामा ८ बैंकले ब्याजदर घटाएका छन्। ती बैंकहरूमा कृषि विकास, एभरेस्ट, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा र नेपाल एसबीआई पर्छन्।

त्यस्तै, ११ बैंकले ब्याजदर यथावत् राखेका छन् — सिटिजन्स, एनएमबी, नेपाल इन्भेस्टमेन्ट मेगा, हिमालयन, प्राइम कमर्सियल, ग्लोबल आइएमई, राष्ट्रिय वाणिज्य, नबिल, एनआईसी एशिया, माछापुच्छ्रे र नेपाल बैंक।
प्रभु बैंक भने एक मात्र बैंक हो जसले भदौमा ब्याजदर वृद्धि गरेको छ।

व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरूले छोटो अवधिका लागि न्यून तथा लामो अवधिका लागि केही बढी ब्याजदर प्रदान गर्दै आएका छन्। व्यक्तिगत मुद्दतीको ब्याजदरमा आएको गिरावटले बचत तथा कर्जाको ब्याजदरमा पनि प्रभाव पार्ने देखिन्छ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नीतिगत दर घटाएर बैंकहरूलाई ब्याजदर घटाउन प्रोत्साहन दिएको थियो। हाल नीतिगत दर ४.५ प्रतिशत, स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप संकलन दर २.७५ प्रतिशत कायम छ।

असार महिनामा सरकारको उच्च पूँजीगत खर्चका कारण निक्षेपमा वृद्धि भए पनि कर्जा प्रवाहमा अपेक्षित गतिशीलता नदेखिएपछि बैंकहरूले भदौमा पनि ब्याजदर घटाउन बाध्य भएका हुन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
dps ad
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka