Premier Cables

विराटनगर

रथयात्रामा विराटनगरमा कति प्रहरी परिचालन हुँदै छन् ?

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, साउन ३१, २०८२  | साँझ ६:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा आइतबार(भोलि) निकालिने राधाकृष्ण रथयात्राको सबै सुरक्षा व्यवस्था पूरा भएको छ ।

यसका लागि विभिन्न घेरमा सुरक्षाकर्मी परिचालन हुने छन् । हुने भव्य रथयात्राको सुरक्षाका लागि मोरङ प्रहरीले विशेष सुरक्षा योजना बनाइएको जनाएको छ। भिड व्यवस्थापन र सम्भावित आपराधिक गतिविधि हुन नदिन लागि १ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नारायण चिमरियाका अनुसार सशस्त्र प्रहरी, जनपथ प्रहरी, राष्ट्रिय अनुसन्धानकोटोली र सादा पोसकमा प्रहरी परिचालन हुने छन् । रथयात्रामा सहभागी भक्तजनलाई भिडभाडबाट सजग रहन आग्रह गरिएको छ । सुनचाँदीका गरगहना तथा वहुमुल्य सामग्री साथै नल्याउने प्रहरीले आग्रह गरेको छ ।

अवाञ्छित गतिविधि रोक्न विशेष ध्यान दिइने एसपी चिमरियाले बताएका छन् । शंकास्पद गतिविधि भए वा शंका लागे प्रहरीलाई खबर गर्न भनिएको छ । यसका लागि जिल्ला प्रहरी कार्यालयको हटलाइन नम्बर १०० मा मोबाइलबाट सम्पर्पक गर्न सकिने बताइएको छ ।

विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट सुरु हुने यो रथयात्रा एशियाको जगन्नाथ पुरीपछि दोस्रो ठूलो धार्मिक यात्रा मानिन्छ। यसपटक नेपाल र भारतका करिब पाँच लाख भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ। रथयात्रा विराटनगर बजारका ४४ स्थानमा विश्राम गर्दै करिब ९ किलोमिटर दूरी तय गर्नेछ।

विराटनगरमा वि.सं १९८८ सालमा खटयात्रा शुरु भएको थियो । २०२५ सालदेखि रथयात्रामा परिणत भयो ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka