Premier Cables
Premier Steel

कोशी प्रदेश राजनीति

एमाले कोशीको बैठकः विधान सुझाव कार्यदलमा को को ?

नोट: यो समाचार १ महिना अघिको हो

Calendar बिहिबार, साउन २९, २०८२  | बिहान १०:३५ बजे

धनकुटा । नेकपा एमाले कोशी प्रदेश कमिटीले आसन्न विधान महाधिवेशनका लागि सुझाव सङ्कलन गर्न सचिव राजकुमार भण्डारीको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरेको छ।

धनकुटाको हिलेमा सम्पन्न प्रदेश कमिटी बैठकले पार्टी विधान संशोधनका सन्दर्भमा मातहतका कमिटीहरूबाट सुझाव संकलन गरी केन्द्रमा पठाउने उद्देश्यले कार्यदल गठन गरेको प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए।

बिज्ञापन

अनन्त साँवा (ताप्लेजुङ), प्रेम गिरी (झापा), इन्द्रमणि पराजुली (धनकुटा), खड्ग राई (संखुवासभा), ईश्वरमणि राउत (उदयपुर), सत्यनारायण चौधरी (मोरङ), सृजना राई (भोजपुर), राजन ढकाल (खोटाङ), सोम पोर्तेल (झापा)।

अध्यक्ष खतिवडाका अनुसार भदौ ३ गतेदेखि प्रदेशका १४ वटै जिल्लामा जिल्ला कमिटी बैठक आह्वान गरिएको छ। एक साताभित्र सञ्चालन हुने ती बैठकहरूमा विधान संशोधनबारे गहन छलफल गरिनेछ र प्राप्त सुझाव प्रदेश कमिटीमार्फत पार्टी केन्द्रमा पठाइनेछ।

बैठकहरूमा साउन ६ गते सम्पन्न केन्द्रिय कमिटी बैठकका निर्णय र त्यसपछि जारी गरिएको अन्तरपार्टी निर्देशन–१२ सँग नबाझिने गरी मात्रै छलफल गरिने एमाले नेताहरूले बताएका छन्।

प्रदेश कमिटीको बैठकमा केही केन्द्रीय सदस्यले आफ्ना मत राख्न नपाएको गुनासोबारे प्रतिक्रिया दिँदै प्रदेश अध्यक्ष खतिवडाले त्यसलाई स्वीकार गरेका छन्।

उनले भने, “पार्टी बैठकमा ४२ जना कमरेडहरूले बोल्नुभयो। तर, केही साथीहरूले पार्टी केन्द्रको निर्णय र अन्तरपार्टी निर्देशन–१२ को बर्खिलापमा छलफल गर्न खोज्नुभयो, जुन एमालेको नियम विपरीत हो।”

उनका अनुसार तल्ला कमिटीहरूको भूमिका पार्टी केन्द्रका निर्णय कार्यान्वयन गर्नु हो, त्यसमा असहमति प्रकट गर्न वा छलफल गर्न मिल्दैन। यही कारणले केही सदस्यहरूलाई बोल्ने अवसर नदिइएको खतिवडाको भनाइ छ।

गौरतलब छ, एमाले अध्यक्ष केपी शर्मा ओलीले साउन १२ गते अन्तरपार्टी निर्देशन–१२ जारी गर्दै केन्द्रका निर्णय र निर्देशनहरू सबै मातहत कमिटीहरूमा कार्यान्वयनका लागि पठाएका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka