Premier Cables
Premier Steel

मौसम

देशभर मौसम बदली, पहाडतिर भारी वर्षाको सम्भावना

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २९, २०८२  | बिहान ७:२८ बजे
Hamro Biratnagar Headlines

विराटनगर । आज देशभर विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। काठमाडौंसहित केही स्थानमा हिजोदेखि लगातार पानी परिरहेको छ।

विभागका अनुसार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ, भने अन्य क्षेत्रहरूमा आंशिक बदली रहनेछ। यी क्षेत्रका पहाडी तथा तराई भागहरूमा मध्यम वर्षा हुने सम्भावना छ। मधेस प्रदेशका केही तराई भूभागमा पनि वर्षा हुन सक्ने जनाइएको छ।

बिज्ञापन

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागहरूमा एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

रातिको समय भने पहाडी क्षेत्रहरूमा सामान्य बदली र अन्य ठाउँहरूमा आंशिक बदली रहने बताइएको छ।

मनसुनको न्यूनचापीय रेखा हाल पश्चिम नेपालतर्फ सक्रिय छ, जसले गर्दा पूर्वी भूभागको तुलनामा पश्चिमी नेपालमा वर्षा बढी हुने सम्भावना रहेको विभागले जनाएको छ।

विभागले पहाडी र बाढी संभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka