Premier Cables

खेलकुद विराटनगर

सिलीगुढीमा “दुन फुटबल फिएष्टा”मा डीपीएस विराटनगरको जित

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन २७, २०८२  | साँझ ६:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सिलीगुढी (भारत) । भारतको सिलीगुढीमा जारी “दुन फुटबल फिएष्टा सिजन–२” मा विराटनगरको डीपीएस स्कुलले दार्जिलिङ पब्लिक स्कुललाई १–० ले पराजित गर्दै उत्कृष्ट जित दर्ता गरेको छ।

प्रतियोगिताको आज सम्पन्न खेलमा डीपीएसका जर्सी नं. २१ का जेनिल बिष्टले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए। उनको उत्कृष्ट प्रदर्शनका आधारमा उनलाई ‘म्यान अफ द म्याच’ घोषित गरियो।

विज्ञापन

यस जितसँगै डीपीएसले प्रतियोगिताको अर्को चरणमा स्थान सुरक्षित गरेको छ। टोलीले अब साउन २८ गते (१३ अगस्ट २०२५) बिहान ९ बजे दुन हेरिटेज स्कुल ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्नेछ।

प्रशिक्षक सुमित डँगोलले खेलाडीहरूको प्रदर्शनको प्रशंसा गर्दै आगामी खेलमा अझ उत्कृष्ट खेल देखाउने विश्वास व्यक्त गरे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka