Premier Cables
Premier Steel

कोशी प्रदेश

कोसी प्रदेश सरकारद्वारा १०७ कर्मचारीको बढुवा सिफारिस (हेर्नुहोस् विवरण)

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन २३, २०८२  | बिहान ११:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेश सरकारले स्थानीय तहको रिक्त पदहरू पूर्ति गर्न १०७ जना कर्मचारीलाई बढुवाका लागि सिफारिस गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, कोसी प्रदेशले बिहीबार एक सूचना जारी गर्दै स्थानीय सरकारी सेवाको पाँचौं तहमा जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा योग्य कर्मचारीहरूलाई बढुवाका लागि सिफारिस गरिएको जानकारी दिएको हो।

सूचनामा उल्लेख अनुसार, प्रदेश लोक सेवा आयोगको बढुवा सम्बन्धी सूचनाको आधारमा देहायका सेवा, समूह र उपसमूहअन्तर्गतका रिक्त पदहरूमा सिफारिस गरिएको हो।

बिज्ञापन

बढुवा समितिको २०८२ साउन २० गतेको निर्णय अनुसार, स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० को दफा ३९ को प्रयोजनका लागि यो सूचना सार्वजनिक गरिएको जनाइएको छ।

प्रदेश सरकारले स्थानीय तहमा जनशक्ति व्यवस्थापन तथा सेवाप्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित बढुवाको प्रक्रिया अघि बढाएको बताइएको छ। अब सिफारिस भएका कर्मचारीहरूलाई तोकिएको स्थानीय तहमा पठाउने प्रक्रिया अघि बढाइनेछ।

(विवरण हेर्न यहाँ क्लि गर्नुहोस्)

Koshi Karmachari Baduwa

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka