Premier Cables

विराटनगर

रथ गुड्ने सडकमा बिजुली र केबल तार व्यवस्थापन गर्न शुरु

Calendar शुक्रबार, साउन २३, २०८२  | बिहान १०:१९ बजे

विराटनगर । विराटनगरमा राधाकृष्ण विरामान गराउने रथ संचालन सहज गर्न बिजुली र केबुलका तार हटाउन शुरु गरिएको छ ।

विराटनगर महानगरपालिकाले रथयात्रा शुरु हुने स्थान तीनपैनी चोकबाट शुक्रबार बिहानदेखि तार व्यवस्थापन शुरु गरेको हो ।

बिज्ञापन

महानर प्रहरीको टोलीले क्रेनको सहायतामा तारका लठ्ठा एकै ठाउँमा बाँध्ने र रथले नछुने गरी व्यवस्थापन गर्न शुरु गरेको हो । यसका लागि नगर प्रहरीको टोली सक्रिय रुपमा खटिएको महागनरपालिकाले जनाएको छ ।

रथयात्रालाई ध्यानमा राखी विराटनगरमा विभिन्न सडक छेउमा उम्रिएका झारपात समेत उखेलेर सडक सफाइको कामलाई गति दिइएको छ । यस पटक रथको उचाई समेत विगतभन्दा अग्लो भएकोले विशेष ध्यान दिइएको मूल आयोजक समितिले जनाएको छ ।

श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट हरेक वर्ष विराटनगरमा रथयात्रा निकाल्ने गरिएको छ ।

विराटनगरमा यसलाई उत्सवकै रुपमा मनाइन्छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka