Premier Cables

विराटनगर

विराटनगरमा झुलन उत्सव, झुलामा झुल्दै श्रीराधाकृष्ण (तस्बिर)

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

करण बास्तोला Hamro Biratnagar News Channel Calendar बुधबार, साउन २१, २०८२  | राती ८:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरस्थित राधाकृष्ण मन्दिर तीनपैनी परिसर झकिझकाउ देखिन्छ । बुधबार (आज) साँझदेखि बत्तीकाे झिलिमिलीले मन्दिर परिसर तीनपैनी क्षेत्र नै उज्यालाे देखिन्थ्यो ।

हरेक वर्ष जन्माष्टमी पूर्व मन्दिरमा विशेष रुपमा झुलन महोत्सव हुने गर्दछ । साँझ झुलन महोत्सव दर्शन गर्न विराटनगरबासीको ठूलो घुइँचो लाग्ने गरेकाे छ । मूल आयोजक समितिले यो पटक थप भव्य रुपमा रथयात्रा आयोजना गर्दै छ ।

विज्ञापन

मन्दिर संचालन तथा व्यवस्थापन समितिका सचिव कृष्ण कार्कीले साँझदेखि विशेष पूजा अर्चना गरी झुलन महोत्सव शुरु भएकाे र दर्शनार्थीकाे भिड लागेकाे जानकारी दिएका छन् ।

के हुन्छ श्रीकृष्ण जीको झुलन महोत्सवमा ?

प्रत्येक वर्षझैँ यस वर्ष पनि हिन्दु धर्मावलम्बी मठ मन्दिरमा झुला महोत्सव धुमधामका शुरु हुँदै छ । साउन शुक्ल तृतीया तिथिबाट शुरु हुने झुलनोत्सव साउन पूर्णिमा अर्थात रक्षा बन्धनको दिनसम्म चल्छ । झुल्नोत्सवमा भगवान सीताराम र राधाकृष्णलाई झुलामा झुलाइने परम्परा रहेको छ । मठमन्दिरमा विशेष किसिमको सिंहासन निर्माण गरी सजाईएको गद्दीमा देवीदेवताको प्रतिमा राखी झुलाउने परम्परा रहेको छ ।

एकातर्फ भगवान राम जानकीलाई झुलामा राखी झुलाइने गरिन्छ भने अर्कोतर्फ नाटक, नाँचगान, भजन किर्तन र लोक कथाहरु सुनाईने गरिन्छ । साधु समाजमा यो पर्वको विशेष महत्व रहेको छ । मणिपर्वत विधिबाट शुरु भएको झुलनोत्सवको क्रममा प्रत्येक साँझ कजरी मलार लगायतको धार्मिक महत्व झल्किने गीत गाएर भगवानलाई झुला झुलाउने परम्परा रहेको छ । तर पछिल्लो समय झुलामा गाइने लोकगीत कजरी, मलार जस्तै झुलाको परम्परा समेत लोपोन्मुख अवस्थामा पुगेको छ ।

यद्यपि, साधु सन्त तथा भक्तजनहरुले भगवान राम जानकीले मनाएको झुला रासको सम्झनामा आफ्नो सुखका लागि यो परम्परालाई बचाएर राखेका छन् । जनकपुरधारममा समेत झुला उत्सव भव्य रुपमा मनाउने गरिन्छ ।

विशेष गरी वर्षा ऋतुमा दुई महिना पानी पर्छ । हरियाली हुन्छ । सबै नरनारीमा उत्साह हुन्छ । झुला महोत्सव विराटनगरमा पनि हुन्छ । झुला भनेको आनन्द लिनु हो । शरीर पनि झुल्छ । शरीरसँगै आत्मा पनि झुल्नुपर्छ भन्ने मान्यता छ ।

वृजधाममा श्रीकृष्ण जीले झुला महोत्सव शुरु गरेका थिए । वृक्षले वर्षातको एक थोपा पानी पाउँदा रमाए जस्तै झुलामा झुल्दा भक्तजन पनि रोमाञ्चित हुन्छन् । परमात्मासँग जीवात्माको अन्तरंग स्वरुपमा झुल्ने लीला नै झुला महोत्सव हो ।

यसले हृदयलाई प्रफुल्लित गर्दछ । आत्मालाई अखण्ड रोमाञ्चित बनाउनु झुलाको महोत्सव हो । हरिनाम संकृतनको साथमा प्रभुको अनुगत भएर झुल्ने परम्परा रहेको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka