Premier Cables
Premier Steel

समाचार

रंगेली वडा नम्बर २ र ९ का सवै घरमा स्वच्छ खानेपानी पुग्दै, २३ करोड लागतमा निर्माण हुने आयोजनाको शिलान्यास

नोट: यो समाचार १ वर्ष अघिको हो

किशोर विश्वकर्मा Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख २३, २०८२  | बिहान १२:४३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । रंगेलीको वडा नम्बर २ र ९ मा खानेपानी आयोजनाको काम अघि बढेको छ । सोमबार विशेष समारोहबिच शिलान्यास भएसँगै दुवै वडामा खानेपानी आयोजनाको निर्माण कार्य अघि बढेको हो । रंगेली नगरपालिकाको पहलकदमीमा गत फागुन २ गते संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयले सो आयोजना निर्माणका लागि बोलपत्र आव्हान गरेको थियो ।

बोलपत्र आब्हान गरेर ठेक्का लागेपछि सो आयोजना निर्माण कार्य सोमबारदेखि औपचारिकरुपमा सुरु भएको हो । विशेष कार्यक्रमकाबिच संघीय खानेपानीमन्त्री प्रदिप यादव, प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति एवम् मोरङ क्षेत्र नम्बर २ का सांसद ऋषिकेश पोखरेल र रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले शिलान्यास गर्नुभयो ।

बिज्ञापन

Photo: Kishor Bishwokarma

उक्त आयोजना निर्माण कार्यसम्पन्न भएपछि रंगेली वडा नम्बर २ र वडा नम्बर ९ का सवै घरहरुमा स्वच्छ खानेपानी पुग्नेछ । मेयर दिलिप बगडीयाले यो उपलब्धिलाई ऐतिहासिक सफलता भएको बताउँदै योजनाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ । सो अवसरमा बोल्दै मेयर बगडीयाले रंगेलीको पुरानो खानेपानी आयोजनामा समस्या रहेको बताउँदै त्यसका लागि बजेट विनियोजन गरेर सहयोग गर्न मन्त्री यादवलाई आग्रह गर्नुभयो ।

उहाँले पुरानो खानेपानी आयोजना सुधार गरि स्वच्छ खानेपानी घरघर पुर्याउन ५ करोड बजेट आवश्यक पर्ने भएकाले सो को लागि समेत बजेट हाल्न विशेष आग्रह गर्नुभयो । मेयर बगडीयाले शौचालयजन्य फोहर तथा लेदो व्यवस्थापनका लागि पनि बजेट विनियोजन गरिदिन अनुरोध गर्नुभयो । उहाँले रंगेलीको पुरानो खानेपानी आयोजना र लेदो व्यवस्थापनका लागि कम्तिमा दुई वटा योजना पार्न मन्त्री यादवलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति तथा मोरङ क्षेत्र नम्बर २ का सांसद ऋषिकेश पाखरेलले रंगेलीको वडा नम्बर २ र ९ मा २३ करोड लागत स्टमेटको खानेपानी आयोजना अघि बढेको र त्यसमध्ये १० करोडको स्रोत सुनिश्चीतता भएको बताउनुभयो । उहाँले रंगेलीका विभिन्न वडामा खानेपानी आयोजना निर्माणधिन अवस्थामा रहेको र थप दुई वडामा अब स्वच्छ खानेपानी घरघरमा पुग्ने बताउनुभयो ।

सभापति पोखरेलले रंगेलीमा अधुरा कामहरुलाई निरन्तर सहयोग गर्न मन्त्री यादवलाई आग्रह गर्नुभयो । उहाँले अन्य स्थानीयतह भन्दा रंगेली नगरपालिका समृद्ध बन्दै गएको बताउँदै मेयर बगडीयासहित जनप्रतिनिधिहरुलाई धन्यवाद दिनुभयो । सभापति पोखरेलले विकासमा अघि बढ्न रंगेली नगरपालिकाका जनप्रतिनिधिको सकृयता सवैभन्दा बढी रहेको बताउनुभयो ।

शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री यादवले रंगेलीमा भएको विकासको प्रशंसा गर्नुभयो । उहाँले रंगेली नमूना शहरका रुपमा विकास भएको बताउँदै आफ्नो मन्त्रालयबाटसकिने सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । मन्त्री यादवले ३० वर्ष अघिदेखि रंगेली मुख्य बजारमा सञ्चालनमा रहेको खानेपानी आयोजना सुधार गर्नुपर्ने देखिएकाले त्यसका लागि समेत मन्त्रालयले बजेट उपलब्ध गराउने बताउनुभयो । उहाँले रंगेलीमा थप दुई वटा खानेपानी आयोजनाको योजना आफ्नो मन्त्रालय मार्फत पार्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले दुई वडामा खानेपानी आयोजना शिलान्यास हुनु रंगेली नगरपालिकाका लागि खुशीको विषय भएको बताउनुभयो । उहाँले शुद्ध खानेपानी सवैभन्दा महत्वपूर्ण भएको बताउँदै रंगेलीका मेयर बगडीयाको पहलमा सो योजना आएको बताउँदै नगरको विकासमा एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

शिलान्यास कार्यक्रममा विभागका महानिर्देशक, मन्त्रालयका सचिव, संघीय खानेपानी आयोजना तथा ढल व्यवस्थापन आयोजना विराटनगरका प्रमुख एवम् कर्मचारीहरु, रंगेली नगरपालिकाकी उपमेयर भुमा पराजुली सवै वडाका वडाध्यक्षहरु, जनप्रतिनिधिहरु, स्थानीय समाजसेवी, वुद्धिजिविलगायत नगरवासीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

उक्त आयोजना अन्तर्गत खानेपानीको ओभरहेड ट्यांकी निर्माण, डिप बोरिङ, पाइपलाइन विस्तार, विजुलीसहित घर–घरमा स्वच्छ खानेपानी सेवा विस्तार हुने जनाइएको छ । मेयर बगडीया र जनप्रतिनिधहरुले सो योजना ल्याउन विशेष पहल गरेका थिए । बहुवर्षिय योजना अन्तर्गत सो आयोजनाको ठेक्का लागेको छ ।

खानेपानी योजना अन्तर्गतनै हाल रंगेलीको वडा नम्बर १, ३ र ८ नम्बर वडामा ओभरहेड ट्यांकी निर्माण, र बोरिङको काम सम्पन्न भएको छ । पाइपलाइन विस्तार र बिजुलीको काम निर्माणाधिन अवस्थामा रहेको छ । त्यस्तै ५ नम्बर वडामा ओभरहेड ट्यांकी र कार्यालय निर्माणाधिन अवस्थामा रहेको रंगेली खानेपानी उपभोक्ता तथा सरसफाई संस्था सचिव राम चिमोरियाले जानकारी दिनुभयो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ

बालेनले लगाएको ‘ट्राउजर भाईरल’ भएपछि विराटनगरमा बनाउन भ्याई नभ्याई

Clock Iconसोमबार, जेठ ११, २०८३

संचालनमा नआउँदै विराटनगरको पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ संकटमा, ईक्रा रेटिङमा झन तल खस्कियो

Clock Iconसोमबार, जेठ ११, २०८३

बैंकका कर्मचारीलाई अतिरिक्त काम नलगाउन राष्ट्र बैंकको निर्देशन

Clock Iconआइतबार, जेठ १०, २०८३

विराटनगरका उधोगी नवीन रिजाल एफएनसीसीआई केन्द्रीय सदस्यमा मनोनित

Clock Iconशुक्रबार, जेठ ०८, २०८३

कोशी प्रदेशमा उच्च मूल्य कृषिजन्य वस्तुको उत्पादन र निर्यात प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया सम्पन्न

Clock Iconशुक्रबार, जेठ ०८, २०८३

साताको अन्तिम कारोबारमा नेप्से १६ अंकले बढ्यो, कारोबार रकम पनि उकालो

Clock Iconशुक्रबार, जेठ ०८, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka