Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

उत्तराखण्ड ‘क्लाउड बर्स्ट’ : चार जनाको मृत्यु, ५० बेपत्ता

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन २०, २०८२  | साँझ ७:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा भीषण प्राकृतिक विपत्तिले जनजीवन तहसनहस बनाएको छ। हर्षिल क्षेत्रमा आरीघोप्टे (क्लाउडबर्स्ट) प्रकारको अविरल वर्षापछि आएको विनाशकारी बाढीमा परेर ४ जनाको ज्यान गएको छ भने अझै ५० भन्दा बढी व्यक्ति बेपत्ता छन्।

उत्तरकाशीका जिल्ला अधिकारी (डीएम) प्रशान्त आर्यका अनुसार, लेदो र बाढीसहितको प्रकोपले स्थानीय संरचना, घर, सडक, होटल र बजारहरूमा ठूलो क्षति पुर्‍याएको छ। बाढीपछि गंगोत्री धाम जाने सबै सडक सम्पर्क टुटेको जनाइएको छ।

बिज्ञापन

बाढीको मुख्य केन्द्र धराली गाउँ हो, जुन हर्षिलस्थित भारतीय सेनाको शिविरबाट करिब ४ किलोमिटरको दूरीमा अवस्थित छ। यही क्षेत्रमा आएको बाढीले खीर गढ नाली आसपासको भूभागमा डरलाग्दो क्षति पुर्‍याएको हो।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सामाजिक सञ्जालमार्फत घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना जनाएका छन्। उनले उद्धार तथा राहत कार्यका लागि सबै सरकारी संयन्त्र सक्रिय पारिएको र आफू व्यक्तिगत रूपमा घटनाको निगरानी गरिरहेको बताएका छन्।

भारतीय सञ्चारमाध्यमहरूले एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै लेखेका छन्, “होटलदेखि बजारसम्म सबै कुरा नष्ट भएको छ, मैले यस्तो विपत्ति जीवनमा कहिल्यै देखेको थिइनँ।”

घटनास्थलमा प्रहरी, एसडीआरएफ, एनडीआरएफ, सेना लगायतका उद्धार टोलीहरू खटाइएको छ। भारतीय सेनाले हालसम्म कम्तीमा १५ जनाको सकुशल उद्धार गरिसकेको जनाएको छ।

अहिले पनि खोज तथा उद्धार कार्य तीव्र गतिमा जारी छ। बाढी प्रभावित क्षेत्रको अवस्थालाई हेर्दा अझ बढी क्षतिको अनुमान गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka