Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

रुद्रप्रयागमा ‘क्लाउडबर्स्ट’ले फेरि ठूलो जनधनको क्षति

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र १३, २०८२  | बिहान ११:४८ बजे
Hamro Biratnagar Headlines

नयाँदिल्ली । उत्तराखण्डको रुद्रप्रयागमा बिहीबार राति आएको भीषण अविरल वर्षासँगै भएको आरी घोप्टे वर्षा (क्लाउडबर्स्ट) ले ठूलो जनधनको क्षति भएको छ। यस घटनामा थुप्रै परिवार फसेका र धेरै घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन्।

मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनास्थलका विभिन्न क्षेत्रमा पहिरो र माटो–ढुंगाको अवरोधका कारण सडक अवरुद्ध भई मानिसहरू फसेको जनाउँदै तत्काल उद्धार तथा राहत कार्य सुरु गरिएको बताए। टाइम्स अफ इन्डियाको अनलाइन सँस्करणले क्षतिबारे अझै जानकारीहरु आउन बाँकी रहेकाे लेखेकाे छ ।

बिज्ञापन

उहाँले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत लेख्दै भनेका छन्, “रुद्रप्रयाग जिल्लाको बसकेदार तहसीलअन्तर्गतको बरेठ डुङ्गर टोक क्षेत्र र चमोली जिल्लाको देवल क्षेत्रमा भएको बादल फाटेर आएको डेब्रि फ्लोका कारण केही परिवार फसेका छन्। स्थानीय प्रशासनले युद्धस्तरमा उद्धार तथा राहत कार्य गरिरहेको छ। म स्वयं अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छु र विपद् सचिव तथा जिल्लाका प्रमुख प्रशासकहरूलाई प्रभावकारी उद्धार कार्यका लागि निर्देशन दिएको छु। बाबा केदारसँग सबैको सुरक्षाका लागि प्रार्थना गर्दछु।”

यो यसै हप्तामा उत्तराखण्डमा परेको दोस्रो क्लाउडबर्स्ट घटना हो। यसअघि चमोलीमा परेको अविरल वर्षाका कारण थराली बजार र तहसील परिसरका केही भाग माटो र ढुंगाले पुरिएका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka