Premier Cables
Premier Steel

समाचार

कोसी ब्यारेज हुँदै बग्ने पानीको बहावमा उतारचढाव

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन २०, २०८२  | बिहान ८:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। पूर्वी पहाडी र तराईका जिल्लामा लगातार भइरहेको वर्षाका कारण कोसी ब्यारेज हुँदै बग्ने पानीको बहावमा उतारचढाव जारी छ। सोमबार बिहानैदेखि बहावको मात्रा उच्च रहेको छ।

पछिल्लो मापन अनुसार कोसीमा पानीको बहाव प्रतिक्षण १,७५,६८५ क्युसेक थियो। सोही बहाव राति ८ बजेसम्म स्थिर रह्यो। तर राति १० बजेको मापनमा पानीको बहाव अझै बढेर १,७९,७४० क्युसेक पुगेको सशस्त्र प्रहरी बलका उपरीक्षक निर्मल थापाले जानकारी दिए।

बिज्ञापन

हाल कोसी ब्यारेजका ५२ मूल ढोका र ४ वटा नहर ढोकामध्ये १९ वटा ढोका खोलिएको छ। लगातारको वर्षाले नदीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि खतराको सूचक स्वरूप रातो बत्ती बालिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।

स्मरणीय छ, वि.सं. २०६५ सालको भदौ २ गते कोसी नदीमा १,६८,००० क्युसेक पानीको बहाव हुँदा पूर्वी तटबन्ध भत्किएको थियो। त्यस घटनाबाट ठूलो जनधनको क्षति भएको थियो।

हालको अवस्था हेर्दा सतर्कता अपनाउन स्थानीयवासी र सम्बन्धित निकायहरूलाई आह्वान गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka