Premier Cables
Premier Steel

समाचार

सप्तकोशीमा पानीको बहाव उच्च, ब्यारेजमा रातो बत्ती बालियो

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १९, २०८२  | बिहान ८:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव तीव्र भएपछि सोमबार साँझदेखि कोशी ब्यारेजमा खतरा संकेतस्वरूप रातो बत्ती बालिएको छ।

साँझ ७ बजे पानीको बहाव १ लाख ८९ हजार ३९० क्यूसेक पुगेपछि सतर्कता स्वरूप यो संकेत दिइएको हो।

बिज्ञापन

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार कुल ५६ ढोकामध्ये २६ ढोका खोलिएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रका अनुसार बहाव उच्च भए पनि तत्कालका लागि गम्भीर जोखिमको अवस्था भने छैन।

प्राविधिक मापदण्डअनुसार कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार क्यूसेक नाघेपछि पश्चिमतर्फ रातो बत्ती बालिने प्रचलन छ।

यो बत्तीले सम्भावित बाढीको संकेत दिन्छ। अधिकारीहरूले जनतालाई सतर्क रहन अनुरोध गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka