Premier Cables
Premier Steel

अर्थ प्रदेश

बिर्तामोड वाणिज्य संघको ‘राहत कोष’ मा थपियो सहयाेग रकम

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, साउन १७, २०८२  | साँझ ६:४५ बजे
Hamro Biratnagar Headlines

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायिक सदस्य राहत कोष’ मा झापाका दुई प्रतिष्ठित व्यवसायी प्रमोद वंशल र गणेशप्रसाद सुवेदीले उल्लेखनीय आर्थिक योगदान गरेका छन्।

अंकिता भेरिटेजका सञ्चालक प्रमोद वंशलले आफ्नो जन्मदिनको अवसर पारेर राहत कोषमा २१ हजार रुपैयाँ सहयोग गरेका छन्। एक करोड रुपैयाँ बराबरको अक्षयकोष निर्माण गर्ने लक्ष्यसहित अघि बढाइएको कोषका लागि उनले बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई औपचारिक कार्यक्रमकाबीच नगद हस्तान्तरण गरेका थिए।

बिज्ञापन

कार्यक्रम अध्यक्ष न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा कोष संयोजक राजकुमार घिमिरे ‘राजु’, विशिष्ट सदस्य निर्मल भट्टराई, उपाध्यक्ष विशाल थापा, महासचिव कुशल खतिवडा, कोषाध्यक्ष युवराज निरौला लगायत संघका पदाधिकारीहरुको उपस्थिति थियो। संघले कोष वृद्धिमा योगदान दिएकोप्रति कदर गर्दै वंशललाई सम्मानपत्र प्रदान गरेको जनाएको छ।

त्यसैगरी, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गणेशप्रसाद सुवेदीलाई संघले कोषमा सबैभन्दा धेरै रकम सहयोग गर्ने व्यक्तिका रूपमा सम्मान गरेको छ। उनले आफ्नो जन्मदिनमा एक लाख १५ हजार रुपैयाँ राहत कोषमा प्रदान गरेका थिए।

संघको कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष न्यौपाने, वरिष्ठ उपाध्यक्ष घिमिरेलगायतले संयुक्त रूपमा सुवेदीलाई कदरपत्र प्रदान गरी सम्मान गरेका थिए। संघका महासचिव कुशल खतिवडाका अनुसार राहत कोष विस्तारमा सुवेदीको योगदान अत्यन्त महत्वपूर्ण रहेको छ। बिर्तामोड–४ निवासी सुवेदी लामो समयदेखि ‘गणेश किराना स्टोर’ सञ्चालन गर्दै आएका छन्।

उनी समाजसेवा तथा धार्मिक गतिविधिमा पनि सक्रिय रहँदै आएका छन्। बिर्तामोड उद्योग वाणिज्य संघद्वारा अगाडि बढाइएको राहत कोष अभियानमा व्यवसायीहरुको यस्तो सक्रिय योगदानले सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता देखाएको संघले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka