Premier Cables
Premier Steel

राजनीति

बिर्तामोडमा उपमेयरमाथि आक्रमण प्रयास, वडाध्यक्षलाई कारबाहीको माग

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन १५, २०८२  | राती ९:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीले वडा नं. ८ का वडाध्यक्ष अजय कार्कीले बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलामाथि दुर्व्यवहार गरेकोप्रति कडा भर्त्सना गर्दै आवश्यक कानुनी कारबाहीको माग गरेको छ।

बुधबार उपप्रमुख सङ्ग्रौलाको कार्यकक्षमै प्रवेश गरेर गालीगलौज तथा अभद्र व्यवहार गरेका कार्कीको गतिविधिलाई “निन्दनीय र भर्त्सना योग्य” भन्दै नगर कमिटीले एक विज्ञप्ति जारी गरेको हो। दुई जनप्रतिनिधिबीच कुनै विवाद भए पनि समाधानका लागि मर्यादित तरिका अपनाउनु पर्नेमा वडाध्यक्ष कार्कीले देखाएको आक्रामक व्यवहार अनुचित रहेको एमालेको भनाइ छ।

बिज्ञापन

विज्ञप्तिमा सबै जनप्रतिनिधिहरूलाई आफ्नो पदको मर्यादा कायम राख्दै सामाजिक सञ्जालमा अनावश्यक टीकाटिप्पणी नगर्न र जनताको सेवामा समर्पित हुन विशेष आग्रह गरिएको छ।

उपप्रमुख सङ्ग्रौलाले वडाध्यक्ष कार्कीसम्बन्धी एक टिप्पणी फेसबुकमा गरेपछि विवाद सुरु भएको थियो। सोही विषयलाई लिएर वडाध्यक्ष कार्की कार्यकक्षमै पुगेर भिडन्तमा उत्रिएका थिए। घटनाक्रमका क्रममा दुबै पक्षबीच भनाभन र चर्काचर्की समेत भएको थियो।

घटनामा संलग्न सबै व्यक्तिलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै एमालेले यस प्रकारको हुलहुज्जत र गुण्डागर्दीलाई कदापि स्वीकार नगर्ने स्पष्ट पारेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa