Premier Cables

विराटनगर

राधाकृष्ण रथमा ब्रेक जडान, विश्राममा माथिबाटै रोक्न मिल्ने

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन १६, २०८२  | बिहान ११:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । राधाकृष्णरथयात्रालाई लक्षित गर्दै निर्माणाधीन नयाँ रथमा भक्तजनको सुरक्षालाई ध्यानमा राखी अत्याधुनिक ब्रेक प्रणाली जडान गरिने भएको छ।

मूल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीका अनुसार, यसपटक बनिरहेको रथ अघिल्ला वर्षहरूभन्दा ठुलो र आकर्षक मात्र होइन, प्रविधिमा समेत उन्नत हुनेछ। “नयाँ निर्माण हुने रथमा सुरक्षित ब्रेक प्रणाली जडान गरिने छ,” उनले बताए।

विज्ञापन

रेग्मीका अनुसार, अघिल्लो वर्षहरूमा रथ यात्रा क्रममा ब्रेक प्रणालीको अभावले विभिन्न जोखिम हुन सक्ने अवस्था रहँदै आएको थियो। “यसपटक ब्रेक प्रणाली सहितको रथ बनाउने निर्णय गरिएको छ, जसले यात्राको समयमा नियन्त्रण र सुरक्षा सुनिश्चित गर्छ,” उनले स्पष्ट पारे।

रथको तौल, साइज र निर्माणको आधुनिक स्वरूपलाई हेर्दा ब्रेक प्रणालीको आवश्यकता अझ महत्वपूर्ण हुने बताइएको छ।

यो नयाँ प्रयोगले परम्परागत शैलीलाई आधुनिक प्रविधिसँग समायोजन गर्ने प्रयासस्वरूप लिइएको मानिएको छ। अध्यक्ष रेग्मीले भने, “यसपटक हामीले परम्परा र प्रविधिको समायोजन गर्न खोजेका छौं। सुरक्षाको पक्षमा कुनै सम्झौता छैन।”

रथयात्रामा हजारौं भक्तजन सहभागी हुने भएकाले ब्रेक प्रणालीको प्रयोगले दुर्घटनाको सम्भावना न्यून बनाउने अपेक्षा गरिएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka